बेचैनी छाएको छ मनमा , किन कसरी सारा वृतान्त आफुले आफैलाइ पनि सम्झाउन सकिरहेको छैन अरु कसैलाइ बुझाउन त परैको कुरो , दिमाग अनि मन बिचको बाझाबाझको कुनै निस्कर्श निस्किदैन , न कुनै झिनो आसा नै पलाउछ , आँखा का एकोहोराइ र ज्यानको थकाइ महसुस गर्न बाहेक अरु कुनै कुराको लागि उर्जा बाकी छैन जस्तो लागिरहेछ,परिस्थितिको पिडाले यसरी थिचेको छ कि डाको छोडेर रोइदिम झै लाग्छ तर झुटो मुस्कान देखाउदा देखाउदा मुल नै सुकिसकेको आँसु फेरि कैलेइ पलाउदैन अनि रुद्रघन्टी नीर अड्किएको हिक्का कति प्रयास गर्दा नि मुखतिर आउदैन बरु उल्टै छाती हुँदै आन्द्राभुडी बटार्ने गरि भड्किरहन्छ भावनाका तिता लहरहरुशीत मिलेर मलाइ झनझन तड्पाउन, मन यति एक्लो भैसक्यो कि केही मानिसको जमातपनी कोलाहल झै लाग्छ, भित्तामा टासिएका पोस्टरले नि डिस्टर्ब गरिरहेझै लाग्छ , मलाइ गिज्याइरहेझैलाग्छ ऐनाले ,अनि हरेक दिन घाम लागेपछिको उज्यालो दिनले तेरो कुनै हक छैन मेरो प्रकासमा भनिरहेझै लाग्छ र हरपल बन्द कोठामा थुनिएर बस्न बाध्य बनाउछ मलाइ , त्यो लाचारी सहदै जसोतसो कटेको दिनपछी सधै आउँछ एकान्त अनि सुनसान रात जब सारा दुनिया तेसको काखमा निदाउछ म जागा हुन्छु एउटा रहर पालेर कि कुनै दिन त्यो रातको जस्तै सुन्यतामा म पनि बिलिन हुन पाउ , कतै दुर जान पाउ जहाँ दुनियादारिका कुनैपनि तत्वको जरुरत नहोस यो दिमागलाइ ,मन पनि सुन्य होस अनि त्यही सुन्यतामा सदाकोलागी हराउन पाउ म कैलेइ नभेटिनेगरी कैलेइ नफर्किनेगरी .......
रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।
Comments
Post a Comment