बिद्यार्थी भिसा अनि बिदेसी लाइफ ,रातदिन नभनी काममा खटिनुपर्ने बाध्यता ,काम कम गरु खान बस्नै नपुग्ला भन्नी डर ,धेरै गरु राम्ररी सुत्नै नपाइने। कैलेकाइ त यस्तो लाग्छ एकदिन बिदा पाए त दिनभरि सुतिदिन्थे।
यस्तै यस्तै किसिमले जाबो सुत्नलाइ पनि सपना देख्दै बितिरहेको थियो समय ,तेत्तिकैमा भाग्यवस भनुम या दुर्भाग्य हप्तामा एकदिन छुट्टि पाइने भैयो कामबाट ।एकहप्ता जति पछि पाउने त्यो छुट्टिको लागि म हप्तादिन अघिदेखी नै रमाइरहेथे ,एक दिन छुट्टि पाउछस भन्ने साहु पनि बहुत प्यारो लागिरहेथ्यो, छुट्टिको अघिल्लो रात काम सकेर निस्किनै लाग्दा सङ्गै काम गर्ने साथिले सोधेथ्यो 'भोलिको छुट्टि के गरेर बिताउछस?" म त दिनभरी सुत्ने हो मैले पुर्ण खुसी मुद्रामा जवाफ फर्काएथे ।
बिदाको दिन बिहान साबिककै समयमा आँखा खुल्यो ,बिदा भन्ने झन्नै भुलिसकेकोरहेछु रुमकै साथिले "आज बिदा भनेको होइन कति चाडै ब्युझेको त?" भनेपछी याद भयोअनि फेरि कोल्टे फेरेर निदाउने प्रयास गर्न थाले । बिदाको दिनप्रती धेरै अपेक्षाहरु भएको हुदो हो त फेरि निदाउन गार्हो हुन्थ्यो होला दिमाग डुलेर तर मेरो त एउटै इच्छा थियो बिदा पाए दिनभरी सुत्ने,एकैछिनमा फेरि झिमिक्कै भैहालेछु तर केहिबेरमै एउटा फोनको घन्टिले निद्रामा बाधा पुर्यायो आँखा मिच्दै मोबाइल तिर हेरे कलेजबाट रेछ ,कलेजको नम्बर देख्नेबित्तिकै याद भैसकेथ्यो पक्कै नया सेमेस्टर रजिस्ट्रेसन को लागि हो नभन्दै हो रहेछ तुरुन्तै आफ्ना कागजपत्र लिएर कलेज आउन भन्यो ,आज नगए फेरि कैले जानू ,समयमा रजिस्टर नगरे इलिगल भइने ,इलिगल भैयो भने फेरि अर्को तनाव थपिन्छ यस्तै सोच्दै झट्टै काम सक्काएर फर्केर आएर सुत्छु भन्नी सोचले हिडे कलेजतिर। ओह्हो फेरि त्यो कलेजमा रजिस्ट्रेसन गर्नेको भिड कमसेकम दुई घन्टा लाग्यो आफ्नो रजिस्ट्रेसन गराउन ।पढाइमा कैलेइ सिरिएस नहुनेहरु पनि रजिस्ट्रेसनको मामिलामा कति सिरिएस भएका? भएभरका सबैलाइ आजै आउनपर्नी एकदिन पाको बिदामा नि सुत्न पाइएन राम्ररी यस्तै सोच्दै मुख खिन्न बनाउदै बित्यो तेति समय। रजिस्ट्रेसनको काम सक्काएर निस्किनै आटेथे एउटा पुरानो साथी भेट भो एकछिन दुखसुखका कुराहरु गरेपछी उस्ले भन्यो "आज म नि फ्री छु जाउ कतै घुम्न। " बल्ल बल्ल भेटिएको साथिले तेसो भन्दा नाइ भन्न सकिएन ,तेस्तो विशेष ठाउँ त कतै गइएन उहीँ सहर बजार घुम्दै देखिएका मान्छेहरु (बिशेसत:स्त्री)हरुको बारे छलफल ,बहस ,मूल्याकंन आदि इर्यादी गर्दै अल्लारे पाराले साझ पारियो।त्यसबिच मैले आफ्नो काम अनि व्यस्तताका दुखी कुराहरु सुनाउन भ्याएभने उस्लेपनी कस्ता कस्ता व्यक्तिसङ्ग सङ्गत गर्नुपरेको कोइ त यति खतरा कि झन्नै झन्नै ज्यान नै जोखीममा परेको भन्दै केही रसिएन माफियाको सङ्गतबारे कहानी सुनाउन भ्यायो जुन सुन्दा काल्पनिक लागेपनी उस्ले गफ दिएको होइन भन्नेमा म पक्का थिए ।बजारमा मानिसहरुको सङ्ख्या कम हुँदै गएसी याद भो "म त सुत्ने बिचारमा पो थिए त" भनेर अनि साथिसङ्ग बिदा लिइ लागे रुमतिर । रुम आइपुग्दा साथिहरु कोहि नि रैनछन, सबै कामतिर होला भन्ने सोची आफू चै भक्लक्क ढले खाटमा भुसुक्कै भएछु साएद दिनभरिको थकानको असर होला ।
प्राए निदाउदा सपना नदेख्ने म या भनुम देखे पनि याद नहुने मान्छे म त्यो रात चै केही सपना देखेजस्तो लाग्यो ,सपना त एकैछिनमा सपना नभएर म अर्धनिद्रामा छु अनि मेरो छेउछाउ भएङ्कर घटना घटिरहेछ जस्तो लाग्न थाल्यो ,कतै गोलि चलेजस्तो आवाजहरु निरन्तर आइरहेका थिए ,रातको समय नि पुरै उज्यालो भएजस्तो लाग्ने ," ए लौन मुजि पछाडिबाट हानिसक्यो " सङ्गैको साथिको त्यो आवाज आएपछी म पक्का भए यो सपना होइन यो त बिपना पो हो , त्यसपछि त झन चारै साथी झन चर्को स्वरले कराउन थाले लौ मार्यो मार्यो भन्दै गोलिको आवाज नि खुब चर्को चर्को सुनिन पो थाल्यो , त्यसपछि को केही सेकेन्ड सब चुप भए म डराइ डराइ सिरक बाट टाउको निकाल्दै यसो हेर्छु त कोठाको बत्ती बलिरहेको अनि चारै साथी निराश भै मुन्टो निहुराइ बसेका ,दृश्य जति असामान्य सोचेको तेस्तो त केही थिएन तर सबैको मलिन अनुहार देखेर हतपत सोधे के भयो भनेर ,एउटाले मुख बिगार्दै भन्यो" चारैजनालाइ मार्दियो यार" मैले अचम्मित हुँदै सोधे हन कोल्लाइ मार्यो ? उस्ले भन्यो "हामी सबैलाइ," मेरो निद्रा डिस्टर्ब भएको झोक अनि उस्को ताइ न तुइ को उत्तर मा निस्किएको मेरो आस्चर्यभाव मिश्रित भै एकैचोटी आवाज निस्कियो "मुजि मरेको भे कसरी बोल्यौ? " अनि उस्ले हास्दै भन्यो pubg मा मार्यो भनेको नि यार

Comments
Post a Comment