लुकाउन खोजेका आँसु
अनि देखाउन नसकिएका भवनाहरु हुन साएद
थुप्रीदै जाने यो छातिमा
भिडहरुमा उकुसमुकुस बनाउने
अनि एकान्तमा नि छटपटी दिने
कुन्नी के अड्किन्छ सधै घाटिमा
आँखा सङ्ग जोडा कैलेइ नमिल्ने गरि तन्किने यी ओठ
जमिन छुदा नि लाग्छ कैले त ,हु कि त्योमाथिको बोझ
अङ्गाल्न आउने जमातहरुमा पनि कैलेइ भिज्न नसक्ने मन
असह्य अशान्ती केइ गरि रोकिन्न बरु बढ्दो झन झन
चलाइएकै छ हातपाउ रोकिएको छैन दैनिकी
बाचेजस्तो गर्नु र साच्चै बाच्नुमा फरक छ कति
सुकेको घाँटी , गर्हौ छाती अनि कापेका पाउहरु
कारण बनिदिन्छन चोटपटक लगाउन कैलेकाइ
देख्नेले बोल्छ ममता देखाउछ अहो पीडा भो?
होइन बरु यसकै कारण छातिको भार तनिक हलुका भो
हिराले हिरा काटेझै महसुस गर्छु पिडैले पीडा काटेको
तेसैले साएद छातिको भार कतिले झुन्डिएको डोरिसङ्ग साटेको
#राहत

Comments
Post a Comment