आज खुसी छु म हिजो भन्दा धेरै
हिजो कति थिए भुलेर खुसी छु
पिर चिन्ता हिजो र भोलिको
आजसङ्ग दाज्न छोडेर खुसी छु।।
सजिला अप्ठ्यारा मोडहरुको
जिन्दगी यात्रा सोचेर खुसी छु
आउनु र जानू एक्लै नै छ
भेटिने बटुवा बोलेर खुसी छु ।।
सम्पत्ती ठुलो न सुन न चादी
आज म तारा गनेर खुसी छु
बाहिरि चहक भित्र के पो छ
म जून को प्रेमी बनेर खुसी छु।।
चियो र चर्चो पिडाको बाटो
म आफैप्रती हासेर खुसी छु
श्वास र इन्धनमा छैन फरक
म मनदेखी बाचेर खुसी छु।।
हिजो कति थिए भुलेर खुसी छु
पिर चिन्ता हिजो र भोलिको
आजसङ्ग दाज्न छोडेर खुसी छु।।
सजिला अप्ठ्यारा मोडहरुको
जिन्दगी यात्रा सोचेर खुसी छु
आउनु र जानू एक्लै नै छ
भेटिने बटुवा बोलेर खुसी छु ।।
सम्पत्ती ठुलो न सुन न चादी
आज म तारा गनेर खुसी छु
बाहिरि चहक भित्र के पो छ
म जून को प्रेमी बनेर खुसी छु।।
चियो र चर्चो पिडाको बाटो
म आफैप्रती हासेर खुसी छु
श्वास र इन्धनमा छैन फरक
म मनदेखी बाचेर खुसी छु।।
Comments
Post a Comment