कति छन कुराहरु भन्नमनलागेका
तिमी भन त भन्छौ
तर के साच्चै तिमी सुन्न चाहन्छौ??
कति छन कुराहरु सोध्नमन लागेका
तिमी सोध त भन्छौ
के मैले चाहेकै जवाफ दिन सक्छौ?
तिम्रो त्यो हसाइ तिम्रो त्यो बोलाइ
कल्पेरै बित्ने तिम्रो त्यो पर्खाइ
बोलेरै बताउन नसकुला म
तर के तिमी मनैले बुझिदिन सक्छौ?
देख्दा ,सुन्दा अनि छुदा तिमिलाइ
शरिरको त्यो नौलो संचालन
ठ्याक्कै अर्थ दिने शब्द नभेटुला
के सुस्तरी आँखा झिम्क्याइदिन सक्छौ?
हुन्छौ नि एक्कासि गाएब कैलेकाइ
त्योबेलाको तड्पन र बेचैनी
बोली त मेरो घाटिमै अड्केला
के तिमी अङ्गालो मारिदिन सक्छौ?
तिमी भन त भन्छौ
तर के साच्चै तिमी सुन्न चाहन्छौ??
कति छन कुराहरु सोध्नमन लागेका
तिमी सोध त भन्छौ
के मैले चाहेकै जवाफ दिन सक्छौ?
तिम्रो त्यो हसाइ तिम्रो त्यो बोलाइ
कल्पेरै बित्ने तिम्रो त्यो पर्खाइ
बोलेरै बताउन नसकुला म
तर के तिमी मनैले बुझिदिन सक्छौ?
देख्दा ,सुन्दा अनि छुदा तिमिलाइ
शरिरको त्यो नौलो संचालन
ठ्याक्कै अर्थ दिने शब्द नभेटुला
के सुस्तरी आँखा झिम्क्याइदिन सक्छौ?
हुन्छौ नि एक्कासि गाएब कैलेकाइ
त्योबेलाको तड्पन र बेचैनी
बोली त मेरो घाटिमै अड्केला
के तिमी अङ्गालो मारिदिन सक्छौ?
Comments
Post a Comment