टुक्रेको मुटु लिएर माया गर्ने साहस कसरी गरु
नभाको आट बोकेर तिम्रो भर कसरी परु
दुई हात नभै कसरी बज्छ तालि
तयार म छैन सम्बन्ध को लागि
नया घर बनाउन सजिलो हुन्छ तर
भत्केको पन्छाउन का त्यसै सकिन्छ
पुराना भारिले थिचेको मनलाइ
नदेखाउ झिनो आस बिन्ती छ तिमिलाइ
सहन सक्तिन अब फेरि तड्पन
अतीत सम्झेरै सारो धड्किन्छ मन
माया हो दुई दिनको तेस्रो दिन हराउछ
खुसिमा रमाउन यो मुटु डराउछ
केवल एकान्तमा बाच्नुछ मलाइ
नजिक नभैदेउ बिन्ती छ तिमिलाइ
नदेखाउ आश्वासन कुरोले फकाउन
मायै गरेकोमा चाहान्न रिसाउन
नभन अपवादका कुरा नि हुन्छ
भविस्यमा जैलेइ भुतको असर हुन्छ
छैन बाकि तागत मायामा पर्नलाइ
मुस्कान नदेखाउ बिन्ती छ तिमिलाइ
जुन रहर खोज्दैछौ मरेर गैसक्यो
मन ढुङ्गा भएको जुनि बितिसक्यो
पिडालाइ थुनेको धेरै पल भयो
फेरि रुनलाइ आँसु सुकिसक्यो
कारण नसोध एकोहोरो हुनलाइ
आँखा नजुधाउ बिन्ती छ तिमिलाइ
बिर्सनु कसरी अनिदो रातहरु
ऐठन गराउने मायाका बातहरु
सजाए पाउनेनै कहाँ हुन्छ र दोषि
के अनुमान गर्छौ त्यो मेरो बेहोसी
लालच पैदा गर्छ केवल स्पर्शले
यि हात नसमाउ बिन्ती छ तिमिलाइ
आँखा नजुधाउ बिन्ती छ तिमिलाइ
मुस्कान नदेखाउ बिन्ती छ तिमिलाइ
नभाको आट बोकेर तिम्रो भर कसरी परु
दुई हात नभै कसरी बज्छ तालि
तयार म छैन सम्बन्ध को लागि
नया घर बनाउन सजिलो हुन्छ तर
भत्केको पन्छाउन का त्यसै सकिन्छ
पुराना भारिले थिचेको मनलाइ
नदेखाउ झिनो आस बिन्ती छ तिमिलाइ
सहन सक्तिन अब फेरि तड्पन
अतीत सम्झेरै सारो धड्किन्छ मन
माया हो दुई दिनको तेस्रो दिन हराउछ
खुसिमा रमाउन यो मुटु डराउछ
केवल एकान्तमा बाच्नुछ मलाइ
नजिक नभैदेउ बिन्ती छ तिमिलाइ
नदेखाउ आश्वासन कुरोले फकाउन
मायै गरेकोमा चाहान्न रिसाउन
नभन अपवादका कुरा नि हुन्छ
भविस्यमा जैलेइ भुतको असर हुन्छ
छैन बाकि तागत मायामा पर्नलाइ
मुस्कान नदेखाउ बिन्ती छ तिमिलाइ
जुन रहर खोज्दैछौ मरेर गैसक्यो
मन ढुङ्गा भएको जुनि बितिसक्यो
पिडालाइ थुनेको धेरै पल भयो
फेरि रुनलाइ आँसु सुकिसक्यो
कारण नसोध एकोहोरो हुनलाइ
आँखा नजुधाउ बिन्ती छ तिमिलाइ
बिर्सनु कसरी अनिदो रातहरु
ऐठन गराउने मायाका बातहरु
सजाए पाउनेनै कहाँ हुन्छ र दोषि
के अनुमान गर्छौ त्यो मेरो बेहोसी
लालच पैदा गर्छ केवल स्पर्शले
यि हात नसमाउ बिन्ती छ तिमिलाइ
आँखा नजुधाउ बिन्ती छ तिमिलाइ
मुस्कान नदेखाउ बिन्ती छ तिमिलाइ
Comments
Post a Comment