आज धेरैपछी आँगनछेउ लाहुरेफुल फुल्यो अनि त्यससङ्गै फुल्यो तिम्रो याद। अनेक रङ्गमा रङ्गिएको त्यो फुलझैँ तिम्रा याद पनि अनेक तरङ्ग बोकि मेरो सामु आइपरे। लाहुरे फुलजस्तै थियौ तिमी पनि आफ्नै मौसममा मात्र फुल्ने अनि जतिन्जेल सामु हुन्थ्यौ तेतिन्जेल तिमी नहुदाको अभाव पुर्ण रुपमा भुलाइदिने ,यहाँसम्म कि तिम्रो अभावमा भोगेका छटपटिबारे सानो गुनासो गर्ने मौका नि नपाउने।
कति आकर्षक थियौ तिमी अनुहारलेमात्र होइन मनभित्रै देखि ,कति खुलेर कुरा गर्थ्यौ लाहुरेको पत्रपत्र खुलेर फुलेझै , एक ज्यान थियो तिम्रो तर वातावरण अनुसार बच्चा ,युवा , बुढा ,प्रेमी जे पनि बनिदिन्थ्यौ एक बोटमा विभिन्न रङ्गमा लाहुरे फुलेझै ,त्यसैले पनि तिमी भिन्न थियौ । मैले थाहापाएसम्म त्यो आगन छेउमा फुल्ने लाहुरे कहिल्यै बासना आएन ,बासना नभएर पनि त्यसको छुट्टै महक महसुस गर्थे म ,ठ्याक्कै तिमी पनि त उस्तै थियौ बासना,स्वार्थ,घमण्ड जस्ता कुरा तिम्रो साथमा कहिल्यै थिएन तिमी त वस निस्चल थियौ सङ्लो थियौ ,त्यो पातमा अडिएको शितको थोपाबाट पनि लाहुरे जति स्पष्ट देखिन्थ्यो त्यसैगरी तिम्रो आखामा तिम्रो मन झल्किन्थ्यो ,तिम्रा हरेक गुण मनपर्थे मलाइ केवल एक बाहेक कि तिमी पनि लाहुरेझै सधै आगन छेउ मात्र फुल्यौ कहिल्यै ढोकासम्म नि आएनौ तर यसमा पुर्णरुपमा तिम्रो दोष पनि देखाउदिन किनकी मैले पनि त दैलोमा लाहुरे रोप्न सकिन ......

Comments
Post a Comment