अरुको कथामा देख्न खोज्दाखोज्दै आफुलाइ
मैले आफ्नै कहानी लेख्न भुलेछु
अरुलाइ आफ्ना खुट्टामा उभिएको देखि रमाउदा
मैले आफ्नै गोडाले टेक्न भुलेछु
अरुले बर्णन गरेको सन्सारमा हराउदा हराउदै
मैले आफ्नै परिवेश डुल्न भुलेछु
अरुको चियोचर्चो अनि देखासिकी गर्दागर्दै
मैले आफैभित्र भुल्न भुलेछु
अरुको दुखमा ताली बजाउदा बजाउदै
मैले आफ्नै पिडामा रुन भुलेछु
छेपारोझै हरकही रङ्ग फेर्न खोज्दाखोज्दै
मैले आफू मान्छे हुन भुलेछु।।
Comments
Post a Comment