बिद्यार्थी भिसा अनि बिदेसी लाइफ ,रातदिन नभनी काममा खटिनुपर्ने बाध्यता ,काम कम गरु खान बस्नै नपुग्ला भन्नी डर ,धेरै गरु राम्ररी सुत्नै नपाइने। कैलेकाइ त यस्तो लाग्छ एकदिन बिदा पाए त दिनभरि सुतिदिन्थे। यस्तै यस्तै किसिमले जाबो सुत्नलाइ पनि सपना देख्दै बितिरहेको थियो समय ,तेत्तिकैमा भाग्यवस भनुम या दुर्भाग्य हप्तामा एकदिन छुट्टि पाइने भैयो कामबाट ।एकहप्ता जति पछि पाउने त्यो छुट्टिको लागि म हप्तादिन अघिदेखी नै रमाइरहेथे ,एक दिन छुट्टि पाउछस भन्ने साहु पनि बहुत प्यारो लागिरहेथ्यो, छुट्टिको अघिल्लो रात काम सकेर निस्किनै लाग्दा सङ्गै काम गर्ने साथिले सोधेथ्यो 'भोलिको छुट्टि के गरेर बिताउछस?" म त दिनभरी सुत्ने हो मैले पुर्ण खुसी मुद्रामा जवाफ फर्काएथे । बिदाको दिन बिहान साबिककै समयमा आँखा खुल्यो ,बिदा भन्ने झन्नै भुलिसकेकोरहेछु रुमकै साथिले "आज बिदा भनेको होइन कति चाडै ब्युझेको त?" भनेपछी याद भयोअनि फेरि कोल्टे फेरेर निदाउने प्रयास गर्न थाले । बिदाको दिनप्रती धेरै अपेक्षाहरु भएको हुदो हो त फेरि निदाउन गार्हो हुन्थ्यो होला दिमाग डुलेर तर मेरो त एउटै इच्छा थियो बिदा पाए
म आफ्नै दुनियामा हराइरहदा को पलहरुलाइ मेरा औलाहरुले किप्याड को माध्यम बाट स्क्रीनमा उतारिदिन्छन र तिनिहरुलाइ म यहाँ टास्नेगर्छु....