Skip to main content

Posts

Showing posts from February, 2018

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

some love stories

"ओइ" उस्को मेसेज आयो र आउनासाथ मैले छिट्छिटो रिप्लाइ गरे के के न बितिहाल्छ जसरी किनकी अघिल्लो पटक उस्को मेसेज आउदा अनि मैले केही क्षण ढिलो रिप्लाइ गर्दा उस्ले गुनासो गरेकी थिइ "तिम्ले त मलाइ वास्ता गर्न नि छोड्यौ है म भने तिम्लाइ भनी अगिदेखी कुरि बसे तिमी भने अरुसङ्गै व्यस्त हुने कस्तो हौ के तिमी?? " उस्को कस्तो हौ को उत्तर दिन या भनौ उस्लाइ रिझाउन मलाइ चार घन्टा पैंतालीस मिनेट लागेको थियो र चार घन्टा छैयालिसौ मिनेटमा उस्ले अब देखि यस्तो कैले नगर्नु है भनेर बिदा भएकी थिइ , मैले पनि उस्लाइ बल्लतल्ल भनेनी फकाउन सक्दा अनि उस्को बाइ भन्नुअघिको चुप्पा सम्झिदा आफुले सन्सार जितेको महसुस गर्दै हस भनेको थिए । आज त द्रुत गतिमा रिप्लाइ गरे यति छिटो त आजसम्म कसैले नि रिप्लाइ गर्न भ्याएको छैन होला सोचेर  म खुसी हुँदै थिए अनि उ पनि खुसी होलि भन्ने सोचेर उस्लाइ एउटा मुस्कान पठाए , मैले पठाएको मुस्कान उस्ले के देखि कुन्नी जवाफमा रिसले भरिएको रातो अनुहार वाला स्टिकर पो आयो हत्त न पत्त सोधिहाले अरुलाइ पठाको मेसेज मलाइ पो आयो कि ? पठाउदाबित्तिकै त्यो मेसेज seen भयो अनि केही छिन उता

साथि

नभै नि नहुने र भएपनी नहुने बुझ्दैछु आजभोली साथी भन्या यस्तै रैछ।। खोज्दै खोज्दै गयो दुख पिर सुनायो हासो मा उडाइदिन्छ साथी भन्या यस्तै रेछ ।। हुने कुरो होइन भन्छ प्रमाण नै जुटाइदिन्छ उल्झनमा पारिदिन्छ साथी भन्या यस्तै रेछ ।। गम्भीर बन्यो ह्या छोड भन्छ जिस्किए भासण दिन्छ बौलाहा बनाइदिन्छ साथी भन्या यस्तै रेछ ।। पढिस भन्यो छैन भन्छ रिजल्ट आउदा टपिदिन्छ जिल्ल नै बनाइदिन्छ साथी भन्या यस्तै रेछ ।। तनावमा हासिदिन्छ हासोस भन्दा चुप बस्दिन्छ ट्वाल्ल नै पारिदिन्छ साथि भन्या यस्तै रेछ ।। समस्यामा साच्चै पर्दा आमासरि ख्याल गर्छ लौ यो को हो बनाइदिन्छ साथि भन्या यस्तै रेछ ।। भेटिन्जेल सुख छैन बेइजतै गराइदिन्छ नभेटे याद आउँछ साथी भन्या यस्तै रेछ ।।

Vlogg

England बाट आएर यो ग्रीकको टापुको एउटा बारमा कामगर्ने barman ले ग्रीक customer को लागि ग्रीक भाषा मै बोल्दै हुक्का तयार गर्दै थियो अनि ती ग्रीक भनाउदा युवाहरु चै ग्रीक नै नबुझेजसरी barman लाई english मा जवाफ फर्काउदै थिए । customer गएपछी त्यो barman को सहयोगी म तर्फ फर्केर barman ले भन्यो म सङ्ग english बोलेर ठूलो पल्टिन्छ , मान्छेहरु आफ्नो ठाउँ मा आफ्नो भाषा बोल्न किन हिच्किचाउछन ह? म फिस्स हासे मात्र मनमनै यो भन्दै " हाम्रो ठाउमा नि यस्तै हुन्छ" ।। #loveyourlanguage कमसेकम आफ्नो ठाउमा चै आफ्नो भाषा बोलौ न हुन्न??