Skip to main content

some love stories

"ओइ" उस्को मेसेज आयो र आउनासाथ मैले छिट्छिटो रिप्लाइ गरे के के न बितिहाल्छ जसरी किनकी अघिल्लो पटक उस्को मेसेज आउदा अनि मैले केही क्षण ढिलो रिप्लाइ गर्दा उस्ले गुनासो गरेकी थिइ "तिम्ले त मलाइ वास्ता गर्न नि छोड्यौ है म भने तिम्लाइ भनी अगिदेखी कुरि बसे तिमी भने अरुसङ्गै व्यस्त हुने कस्तो हौ के तिमी?? " उस्को कस्तो हौ को उत्तर दिन या भनौ उस्लाइ रिझाउन मलाइ चार घन्टा पैंतालीस मिनेट लागेको थियो र चार घन्टा छैयालिसौ मिनेटमा उस्ले अब देखि यस्तो कैले नगर्नु है भनेर बिदा भएकी थिइ , मैले पनि उस्लाइ बल्लतल्ल भनेनी फकाउन सक्दा अनि उस्को बाइ भन्नुअघिको चुप्पा सम्झिदा आफुले सन्सार जितेको महसुस गर्दै हस भनेको थिए ।
आज त द्रुत गतिमा रिप्लाइ गरे यति छिटो त आजसम्म कसैले नि रिप्लाइ गर्न भ्याएको छैन होला सोचेर  म खुसी हुँदै थिए अनि उ पनि खुसी होलि भन्ने सोचेर उस्लाइ एउटा मुस्कान पठाए , मैले पठाएको मुस्कान उस्ले के देखि कुन्नी जवाफमा रिसले भरिएको रातो अनुहार वाला स्टिकर पो आयो हत्त न पत्त सोधिहाले अरुलाइ पठाको मेसेज मलाइ पो आयो कि ? पठाउदाबित्तिकै त्यो मेसेज seen भयो अनि केही छिन उता लेख्दै गरेको सङ्केत आयो अनि आयो मैले गरेको प्रश्न माथी अर्को प्रश्न " मैले चै तिमिलाइ सोध्नुपर्ने हो कि होइन? "

होइन के सोध्नुपर्ने मलाइ?

अझ के सोध्नुपर्ने भन्छौ बुझेर नि किन बुझ पचाउछौ?

साच्चै बुझिन भन न के सोध्नुपर्ने तिम्ले अनि के जवाफ दिनुपर्ने मैले ?(यो रिप्लाइ गैसकेपछी आफैमाथी दया लाग्यो उस्को प्रश्न सम्म त ठिकै छ तर मेरो आफ्नो जवाफ पनि म किन उस्लाइ सोधिरहेछु भनेर)

तिम्ले कस्लाइ पठाको मेसेज मलाइ आको?

यो त मेरो प्रस्न होइन र?

तिमि यति छिटो रिप्लाइ गर्ने मान्छे नै होइनौ को सङ्ग chat गर्दा गर्दै झुक्केर मलाइ रिप्लाइ दियौ भन त?

अरे आफू भने ढिलो हुदा उ रिसाउली भनेर छिटो मेसेज गर्यो उ त झन त्यही निहुमा पो रिसाइदिइ म ट्वा परे । द्रुत गतिको मेरो मेसेज ले त उस्लाइ गोलि झै पो घोचेछ । फेरि त्यो दिन पनि उस्तै घन्टौ लगाएर उस्लाइ फकाउनुपर्यो । खासमा  म कसैलाइ फकाइरहने खालको मान्छे त होइन तर पनि खै किन हो उ रिसाउदा फकाइरहन मन लाग्थ्यो , उ कहिल्यै नरिसाइदेओस जस्तो लाग्थ्यो , कैलेकाइ फकाउदा फकाउदा आजित भएर म आफै रिसाइदिन्थे तर उ घुर्की देखाउथी मैले रिसाउन पाउने खुसाउने पाउने तिमी नै त हौ नरिसाउन तिमी मन नदुखाउ न बुडो भन्थी उस्को लाडे वाक्य अनि बुडो शब्द ले मेरो रिस एकैछिनमा कहाँ पुर्याइदिन्थ्यो ,म फिस्स हास्दिन्थे अनि उ भन्थी आज मेरो मायालुको कति न्यास्रो लाको छ मलाइ अङ्गालोमा बेरिरहु झै भाको छ भन्थी म झन खुसी हुँदै भन्थे मलाइ नि भाको छ नि प्यारी तेस्तो त ,कैलेइ तिम्लाइ नछोडु जस्तो सधै साथै हौ जस्तो , अनि उ मात्र "है?" लेखी पठाउथि अनि म भन्थे "उम" अनि उ भन्थी "खुब" अनि म भन्थे " तिम्लाइ पत्यार लाउन्न र?"

अह

किन?

अगि किन रिसाको त?

म अरु कोसङ्ग रिसाउ त ह भन त? मेरो को छ र अरु?

त्यो त मेरो डायलग किन चोरेको ? तिमी त चोर हौ डायलग नि चोर्ने मन पनि चोर्ने । लाज लाउन्न तिम्लाइ?

अरे के को लाज नि आफ्नै मान्छेसित ?

राती राती अर्काको छोरिलाइ नानाथरि गफ गरेर बिगार्ने पख तिम्लाइ ?

अरे .. गल्ति गरे मैले?

अनि के त?

नगरुम?

किन गर्नु त?

अब के हुन्छ?

सजाए हुन्छ

के सजाए?

तिमी मलाइ भेट्न आउदा बित्तिकै ढोका थुनेर सब लुगा खोल्दिने

अनि?

अनि रे ? अनि के गर्छन तेति नि था छैन? तिम्लाइ त माया गर्न नि आउन्न बाइ गए म

कता ?

के मतलब तिम्लाइ?

कस्लाइ हुन्छ त मतलब?

आफ्नालाइ पो हुन्छ मतलब ?

म आफ्नो होइन र?

खुब हौ?

किन होइन?

आफ्नो भए त नाता साइनोले बोलाउछन , तिम्ले मलाइ बुडि नभनेको कति भो भन त

म मुसुक्क हास्दै भन्छु "अब भन्छु नि त बुडि "

मैले सम्झाएसी त भनिहाल्छौ नि
है? उ ठुस्किन्छे

के का है ?बरु  बाइ। रात रात भर कुर्यो उस्कोलागी भनेर उसैलाइ मतलब छैन के लाउनु यस्तो माया पनि आउन्न अब last msg

अरे नरिसाउन न .........

अनि फेरि फकाउने क्रम सुरु ....

#some_lovestoriez





Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग