Skip to main content

Posts

Showing posts from January, 2018

कविता

जुग बित्यो नदेखेरै एकचोटी देख्न मन छ आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।। hi देखि सुरु भै ए हजुर सुन्नुस न सम्म good bye देखि सुरु भै एकछिन बस्नुस न सम्म तिम्रा ती हरेक मेसेज फेरि लेख्न मन छ आज तिम्रो नामको एउटा कविता लेख्न मन छ ।। के छ हालखबर देखि ख्याल गर्नुपर्दैन? सम्म ह्या केइ हुन्न मलाइ देखि मलाइ केइ भए उस्लाइ के होला सम्म ती हरेक मयालु बात फेरि गर्न मन छ आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।। झुक्केर गएछ पानको पात देखि हजुरको फोटोमा प्यार टासिदिए सम्म एउटा फोटो पठाउ न देखि ल भन्नुस म कस्ती देखिएकी छु सम्म हर फोटो आदानप्रदान फेरि देख्न मन छ आज तिम्रो नामको एउटा कविता लेख्न मन छ।।

नभेट्ने खुसी

पुर्णिामा को रात सायद समुद्री पानीका आफ्नै गतिमा बहिरहेको काला छालहरु माथी प्रकासको पहेलो धर्सो कोरेर बादलको टोपी खप्प लगाएको आकास मुनि अनि समुद्री क्षितिजको केही माथी हसिलो भै बसेको छ आज चन्द्रमा । समुद्री बगरका कैयौ मानिसहरुकोलागी चर्चा को बिषय बनेकी छ उ आज। हरकोहि उस्को प्रसम्सा गरिरहेछ । हरकोही background मा उस्लाइ पारेर फोटो खिचिरहेछन आआफ्नै साधन हरुबाट। सबै रमाइरहेछन उसको उपस्तिथि मा। अनि एक्लो म सोचिरहेछु किनारको एउटा आधा कुहिसकेको काठको बेन्चमा बसेर के यिनिहरुको खुसिको कारण केवल त्यो जुन हो त ?? त्यो जुन केवल एक ले यि अनेक व्यक्तिलाइ कसरी खुसी बनाउन सक्छ ?? के यो मानवमात्रमा नि लागू हुन सक्छ?? मनमनै जवाफ दिदै छु म आफुलाइ अह सक्तैन सम्भव नै छैन । मानवले गर्न नसक्ने काम केवल एक जुनले गरिरहेछ र यो देखेर यो हुलमा केवल म मात्र तेस्को क्षमता मा प्रश्न गरिरहेछु । र एकैछिनमा जुनलाइ बादलले छेक्छ र उ हराउछे कतै उस्कै दुनियामा था छैन कतिबेरको लागि अनि म नियाल्छु फेरि हरेक मानिसलाइ र देख्छु अचम्म उनिहरु त अझैपनी खुसी नै छन ।आआफ्नो डिभाइसमा फोटो हेर्दै अगि भन्दा झन बढी बयान गर्दै छन त्यो