Skip to main content

Posts

Showing posts from March, 2018

मनका कुरा

न कुनै नाता न कुनै सम्बन्ध , न कुनै भेट न विशेष चिनजान, कसैको एक हर्कतबाट उ प्रती आकर्षित हो कि प्रभावित था छैन कुन शब्दले दिन्छ त्यो भावको सच्चा अर्थ , तेस्तो भाव बोकि सोच्दै , टोहोलाउदै, कल्पना या कुनै स्वप्न मा डुब्दै , हराउदै ,रुमलिदै खै कस्को बहकाउमा उ तिरै ध्यानाकषिर्त वा भनौ एकोहोरिएको छ मेरो मन, दिमाग अनि म सायद पुर्ण रुपमा। था छैन के आस गर्दछ यो मन वस टोहोलिन्छ बिनाकारण । कोरिएका शब्दहरुबाट किन सुनिन्छ एउटा मिठो स्वर अनि एकान्तमा पनि किन उसैसङ्ग बात मार्न तम्सिन्छन यी ओठ ? था छ ती ओठबाट मेरो नाम पनि सम्बोधन हुन लगभग असम्भव छ तर लगभग त हो पुर्ण असम्भव त होइन भनी चित्त बुझाउदै झन किन  उ प्रती आसावादी हुन्छ यो मन? जति जति उस्लाइ सम्झिदै त्यो दुरि नियाल्न थाल्छु तेति तेति सकारात्मकता किन छाउछ यो मनमा? किन मान्दैन यो मन कि धेरै गहिराइमा पुग्दा भोलि उत्रीन कठिन हुन्छ। यो भावमा डुब्दै गर्दा कता कता लाग्छ केइ छैन डुब्दामा मजा छ भने उत्रीदामा नि पक्कै मजा हुनेछ अनि झन मजा लुट्न थाल्छ यो मन उ प्रती को एकोहोरो भावमा निश्चिन्त भएर। मख्ख हुन्छु बिनाकारणको खुसी देखेर अनि कता कता मनको भित्र

खोजी

समुद्री छालमा समयको हर कालमा बहेको बतासमा उडेको कपासमा उज्यालोमा अध्यारोमा कुवामा पधेरोमा भिडभाडको एकान्तमा एकान्तको भिडभाडममा पुग्न सक्ने सबै कुनामा बुन्न सक्ने सबै दुनामा कल्पनाका हरेक पाटो नियाल्दै बिपनाका हरेक सिमा खोतल्दै मौनतामा हराउदै सोचहरुमा अल्मलिदै आक्रोसमा सम्हालिदै मनैमनमा द्वन्द्व गर्दै बहुलाउदै भौतारिदै भौतारिदै बहुलाउदै खोजी भैरहेछ म द्वारा केवल मेरै ।। #happy_poetry_day

सरप्राइज

"सरप्राइज " एउटा छुट्टै उत्साह जनक रमाइलो दिने शब्द । अरुलाइ थाहै नदिइ आकस्मिक खुसी दिनको लागि मानिसहरुले गर्ने क्रियाकलाप , यसको लागि धेरै तरिका अपनाउछन मानिसहरु विशेष गरि युवाहरु, किनकी आफुले अत्यधिक चाहने व्यक्ती चाहे परिवारको होस या परिवार बाहिरको उस्लाइ तेसरी खुसी दिदा आफुलाइ पनि अत्यधिक खुसी मिल्छ तर कैलेकाइ खुसी दिन खोज्दा त्यो भन्दा बढी पीडा दिन पुगियो भने? केही वर्ष अघि म आफ्नै देशमा हुदा मेरि दिदी बिदेस थिइन । उन्ले आफू केही समयपछी नेपाल फर्कन लागेको बताउथिन तर उन्ले भनेको मितिभन्दा एक महिना अघि नै उनी घरको गेटमा देखा पर्दा हाम्रो परिवारका सबै सरप्राइज्ड भएका थियौ, एकछिन त बिस्वास नै गर्न सकेनौ अनि फेरि यति खुसि भयौ सबैजना आफ्नो घरको प्रीय सदस्य जो केही बर्षपछी आफ्नो सामु देख्न पाएको थियौ , त्यो खुसी आँसु बनेर हरेक को आखाबाट बर्षिएको थियो। तेतिबेला त्याहा भएको म साथसाथै अरु केही सदस्यले पनि त्यो सरप्राइजको मनमनै लोभ गरेको थियो। एकदिन मलाइ नि बिदेस जाने मौका मिल्यो केही बर्ष को लागि। घरबाट हिडेको दिनदेखी घर फर्कने बारेमा मेरो मनमा एउटै कुरो थियो म नि सरप्राइज दि

देशप्रेम

दुरि बढ्यो नभन माया मेरो पनि काम छ हृदयमा तिमी भन्दा पहिले अर्को नाम छ ए माया मलाइ माफ गरिदेउ तिमी भन्दा पैला मेरो देशप्रेम छ। हसि मजाक ठट्यौली त मिले पछि गर्नु छ सबै भन्दा ठूलो कुरो देशको लागि मर्नु छ ए साथी मलाइ माफ गरिदे त भन्दा माथी आज मेरो देश छ। देवता पुजनिय हुन्छ पुजा गरि राख्नु छ सबैभन्दा मुख्य कुरो मन्दिर सुरक्षित पार्नु छ मेरा बा आमा मलाइ माफ गर्दिनु मेरो कर्तव्य पैला यो देश प्रती छ ।

बिस्तारै बोल भित्ताको कान हुन्छ

बिस्तारै बोल भित्ता को नि कान हुन्छ " अचम्म लाग्थ्यो बच्चामा यो सुन्दा । भित्ताको कानमात्र हुन्छ या नाक मुख सबै हुन्छ ? के यो बोल्छ पनि? हुन त नबोल्ने भए कानमात्र भएर अनि सुनेर मात्र के अर्थ? सायद तेस्को मुख पनि हुन्छ अनि त सुनेको कुरो अरुलाइ सुनाउछ कि भन्ने डरले सबैले भनेका "बिस्तारै बोल भित्ताको नि कान हुन्छ" मेरा अपरिपक्व दिमागले सोच्ने कुरा थिए यी ।बालखैमा यस्ता कुराले धेरै अन्योल निम्त्याउथ्यो केही डर पैदा गर्थ्यो अनि धेरैबेर सोच्न बाध्य बनाउथ्यो तर जति सोचे पनि भित्ताको कान हुन्छ या हुन्न भन्ने ठेट निस्कर्ष कैले नि निस्किन्थेन । तेस्तै सोच्दा सोच्दै बिस्तारै तेस्ता कुरा वेवास्ता गर्दै अझ तार्किक कुराहरु तिर ध्यान दिदै कतिखेर बालख बाट लाठे भैएछ पत्तै नहुने रेछ। जवान भएपछी दिमाख तेस्ता निस्कर्ष नै ननिक्लिने कुरा भन्दा उत्पादनमुलक कुरामा खियाउनुपर्छ भनेर देशको हरेक कुनामा दिमाख खियाइसक्दा पनि कुनै उत्पादन भएन बरु दिमागमात्रै पातलियो। पहिले धेरै उत्पादन क्षेत्र देखेको दिमागले जुन जुन ठाउमा हेर्थ्यो त्यो ठाउँ नै खिइएर जान्थ्यो हरेक ठाउबाट उब्जनी हुने आस मरेर जान्थे अनि

चलचित्र र जिन्दगी

म चलचित्र हेर्छु त्याहा हिरो हुन्छ उ राम्रो काम गर्छ समाजसेवा गर्छ जति कस्ट परेपनी सत्य नै रोज्छ सबैको न्याय नै खोज्छ मलाइ उ मनपर्छ।। अनि त्याहा भिलेन पनि हुन्छ उ नराम्रो काम गर्छ समाजमा बिकृती फैलाउन खोज्छ अरुलाइ कस्ट दिउ भन्छ आफु मात्र सुख भोगु भन्छ मलाइ उ मनपर्दैन ।। म जिन्दगि नियाल्छु धेरै मान्छे हिरो बन्न खोज्छन बनावटी बोल्छन देखावटी गर्छन अरु भन्दा आफू सधै राम्रो भन्न खोज्छन मलाइ तिनिहरु पटक्कै मन पर्दैन ।। केहि मान्छे तिता हुन्छन प्याच्च बोल्छन सहि लाई सहि अनि गलत लाई गलत भन्छन कसैलाइ चिल्लो घस्दैनन बोलिको मान राख्छन मलाइ तिनिहरु मनपर्छ ।।