म चलचित्र हेर्छु
त्याहा हिरो हुन्छ
उ राम्रो काम गर्छ
समाजसेवा गर्छ
जति कस्ट परेपनी
सत्य नै रोज्छ
सबैको न्याय नै खोज्छ
मलाइ उ मनपर्छ।।
अनि त्याहा भिलेन पनि हुन्छ
उ नराम्रो काम गर्छ
समाजमा बिकृती फैलाउन खोज्छ
अरुलाइ कस्ट दिउ भन्छ
आफु मात्र सुख भोगु भन्छ
मलाइ उ मनपर्दैन ।।
म जिन्दगि नियाल्छु
धेरै मान्छे हिरो बन्न खोज्छन
बनावटी बोल्छन
देखावटी गर्छन
अरु भन्दा आफू सधै
राम्रो भन्न खोज्छन
मलाइ तिनिहरु पटक्कै मन पर्दैन ।।
केहि मान्छे तिता हुन्छन
प्याच्च बोल्छन
सहि लाई सहि अनि
गलत लाई गलत भन्छन
कसैलाइ चिल्लो घस्दैनन
बोलिको मान राख्छन
मलाइ तिनिहरु मनपर्छ ।।
Comments
Post a Comment