Skip to main content

Posts

Showing posts from May, 2020

बिन्ती

टुक्रेको मुटु लिएर माया गर्ने साहस कसरी गरु नभाको आट बोकेर तिम्रो भर कसरी परु दुई हात नभै कसरी बज्छ तालि तयार म छैन सम्बन्ध को लागि नया घर बनाउन सजिलो हुन्छ तर भत्केको पन्छाउन का त्यसै सकिन्छ पुराना भारिले थिचेको मनलाइ नदेखाउ झिनो आस बिन्ती छ तिमिलाइ सहन सक्तिन अब फेरि तड्पन अतीत सम्झेरै सारो धड्किन्छ मन माया हो दुई दिनको तेस्रो दिन हराउछ खुसिमा रमाउन यो मुटु डराउछ केवल एकान्तमा बाच्नुछ मलाइ नजिक नभैदेउ बिन्ती छ तिमिलाइ नदेखाउ आश्वासन कुरोले फकाउन मायै गरेकोमा चाहान्न रिसाउन नभन अपवादका कुरा नि हुन्छ भविस्यमा जैलेइ भुतको असर हुन्छ छैन बाकि तागत मायामा पर्नलाइ मुस्कान नदेखाउ बिन्ती छ तिमिलाइ जुन रहर खोज्दैछौ मरेर गैसक्यो मन ढुङ्गा भएको जुनि बितिसक्यो पिडालाइ थुनेको धेरै पल भयो फेरि रुनलाइ आँसु सुकिसक्यो कारण नसोध एकोहोरो हुनलाइ आँखा नजुधाउ बिन्ती छ तिमिलाइ बिर्सनु कसरी अनिदो रातहरु ऐठन गराउने मायाका बातहरु सजाए पाउनेनै कहाँ हुन्छ र दोषि के अनुमान गर्छौ त्यो मेरो बेहोसी लालच पैदा गर्छ केवल स्पर्शले यि हात नसमाउ बिन्ती छ तिमिलाइ आँखा नजुधाउ बिन्ती छ ति

हाइकु

दुई बटुवा सम्योगको भेट भए विशेष । क्षणकै वार्ता भुलाउने पीडा त मुस्कान एक । किन हो याद नचिनेको यारको प्रश्न अनेक । उस्लाइ होला यस्तो कि हुन्न कुन्नी सोचाइ तेज । हुन्छ नि पक्कै नभए के नै छ र यो मनोवाद । जुनेली रात यादमाथी छ याद स्वर्गे आनन्द । भएनी साथ कल्पनाको वर्षात झन सपना। लिने ज्यान दुइपलको न्यास्रो साएद प्यार। आए सल्लाह अगाडी बढ, तर खुसी छु यार ।

गुडनाइट डियर

गूडनाइट डियर सुन्दर सपनी आओस ती ओठमा मुस्कान छाओस दिनभरिका थकान पलभएरमै भुलिजाओस कल्पनाका बगैचाका ढोकाहरु खुलिजाओस गुडनाइट डियर निदरिमा केइले बाधा नगरोस कहालिलाग्दा ऐठन नपरोस मध्यरातमा तिर्खाले घाँटी नसुकोस जोडिएका परेली यस्सै नफुकोस गुडनाइट डिएर बिहान नया उर्जा आओस दिनमा के होला पर्वाह हराओस हिजोका नमिठा बात मेटिजाओस ब्युझदा अलिकति मेरो याद आओस 😉 #गुडनाइट

भावलहर

यो सारा भावहरु केवल भ्रम हो भन्छु तिमी बाट त्यसैले टाढा हुन खोज्छु तर तिमि मुस्काइदिन्छौ अनि म फर्किन बाध्य हुन्छु तिम्रै छेउछाउ परिरहन खोज्छु कल्पनाका लहरहरु झुटो हो भन्छु सपनाका कुराहरु झुटो हो भन्छु तिमी फर्केर हेरिदिन्छ्यौ अनि म आफैलाइ भुलाएर हावाको वेगसङ्ग उडिदिन खोज्छु एकनास हिडेको बाटो अचानक मोडिदिन खोज्छु जुनताराको सन्सार भाग्यमा कैलेइ हुन्न थाहा पाउदापाउदै म रात कुरि बस्छु .... अक्षरको कहानी झै हुन्न कैलेइ जीवन तर तिम्रोमेरो कथा लेख्न आफै कलम समाउछु कुनै जादु हुन्न थाहाछ तर एक मुस्कानमा मौसम बदलिएको महसुस गर्छु मनदेखी कुरा हुनसक्छ कैलेइ मैले सोचिन तर ति आखाका इसारा कताकता बुझिदिन्छु उल्झनमा नै हुन्छु सधै के गरौ के मानौ तिम्रो बारे सोच्न थाल्दा सारा दुनिया भुलाउछु तिम्रो साथको न्यानो सम्झी जाडोमा नि टोलाउछु यो सारा भावहरु केवल भ्रम हो भन्छु तिमी बाट त्यसैले टाढा हुन खोज्छु तर तिमि मुस्काइदिन्छौ अनि म फर्किन बाध्य हुन्छु तिम्रै छेउछाउ परिरहन खोज्छु

midnight blues

निदमा डुब्नेबेला जागा हुने विचलित मन अनि त्यही मनभित्रका अनगिन्ती भाव सामान्य भन्दा गर्हुङ्गा तर्कना कसलाइ सुनाउ कसलाइ बुझाउ हुने अतितका लहर हिडदा हिड्दै बाटो हराएर अपरिचित भएको गन्तव्य अनभिज्ञ उल्झनहरुको जालो अर्थहिन उपाएहरुका मनोवाद मनैमा पनि सफलता पाउन नसकेका हार लामो गरि निस्कने सुस्केरा छातिभित्रको उकुसमुकुस अनि कालो पट्टिभित्रको  नजरझै छटपटिएको कुनै जिन्दगी ।।

लाहुरे

आज धेरैपछी आँगनछेउ लाहुरेफुल फुल्यो अनि त्यससङ्गै फुल्यो तिम्रो याद। अनेक रङ्गमा रङ्गिएको त्यो फुलझैँ तिम्रा याद पनि अनेक तरङ्ग बोकि मेरो सामु आइपरे। लाहुरे फुलजस्तै थियौ तिमी पनि आफ्नै मौसममा मात्र फुल्ने अनि जतिन्जेल सामु हुन्थ्यौ तेतिन्जेल तिमी नहुदाको अभाव पुर्ण रुपमा भुलाइदिने ,यहाँसम्म कि तिम्रो अभावमा भोगेका छटपटिबारे सानो गुनासो गर्ने मौका नि नपाउने। कति आकर्षक थियौ तिमी अनुहारलेमात्र होइन मनभित्रै देखि ,कति खुलेर कुरा गर्थ्यौ लाहुरेको पत्रपत्र खुलेर फुलेझै , एक ज्यान थियो तिम्रो तर वातावरण अनुसार बच्चा ,युवा , बुढा ,प्रेमी जे पनि बनिदिन्थ्यौ एक बोटमा विभिन्न रङ्गमा लाहुरे फुलेझै ,त्यसैले पनि तिमी भिन्न थियौ । मैले थाहापाएसम्म त्यो आगन छेउमा फुल्ने लाहुरे कहिल्यै बासना आएन ,बासना नभएर पनि त्यसको छुट्टै महक महसुस गर्थे म ,ठ्याक्कै तिमी पनि त उस्तै थियौ बासना,स्वार्थ,घमण्ड जस्ता कुरा तिम्रो साथमा कहिल्यै थिएन तिमी त वस निस्चल थियौ सङ्लो थियौ ,त्यो पातमा अडिएको शितको थोपाबाट पनि लाहुरे जति स्पष्ट देखिन्थ्यो त्यसैगरी तिम्रो आखामा तिम्रो मन झल्किन्थ्यो ,तिम्रा हरेक गुण मनपर्थे मला

भाव ... प्रेम?

एउटा भाव छ मनमा उब्जेको वयान गर्न त्यसलाइ धेरै हो खोजेको अह  भेटिन त्यो शब्द जस्ले यस्को पुर्ण अर्थ देओस साएद प्रयास कम भयो कि खोजिको होइन नि शब्द नपाएकै हो रोजिको एउटा छुट्टै आनन्द जस्तो हावा पनि मन्द जस्तो मौसम बदल्ने त्यो भावले त्यसको सर्जक तिमी झन कस्तो भुल्न थाले भुलिरहु लाग्ने डुल्न थाले डुलिरहु लाग्ने एककिसिमको प्यारो सुन्यता समय नै रोकिदिए जस्तो बाधा अड्चन छैन कल्पनामा खुसी हुदा लाग्छ छु कि सपनामा अचम्मको यो शितलता जून नै आइ साथ बसेजस्तो कोहिसामु यसरी नखुलेजस्तो भावहरु यसरी नघुलेजस्तो देखावटी केइ नरही आफुले आफैलाइ भेटेको जस्तो कसैले भन्यो मायाजाल पो हो कि मैले आफ्नो स्वतन्त्रता सम्झिए जाल भए त साएद म अल्झिन्थे कल्पनाको सन्सार डुलेको सम्झिए कोहि चै यै त प्रेम हो,ठोकुवा गर्ने म फेरि हेर रनभुल्ल पर्ने यदि साच्चै यहि भाव प्रेम भए कोहि छैन अरु, मैले यति प्रेम गर्ने ।