निदमा डुब्नेबेला जागा हुने
विचलित मन
अनि त्यही मनभित्रका अनगिन्ती भाव
सामान्य भन्दा गर्हुङ्गा तर्कना
कसलाइ सुनाउ कसलाइ बुझाउ हुने
अतितका लहर
हिडदा हिड्दै बाटो हराएर
अपरिचित भएको गन्तव्य
अनभिज्ञ उल्झनहरुको जालो
अर्थहिन उपाएहरुका मनोवाद
मनैमा पनि सफलता पाउन नसकेका हार
लामो गरि निस्कने सुस्केरा
छातिभित्रको उकुसमुकुस
अनि कालो पट्टिभित्रको नजरझै
छटपटिएको कुनै जिन्दगी ।।
Comments
Post a Comment