Sunday यानिकी funday .हप्तामा एकदिन पाएको छुट्टि राम्रोसङ्ग बिताउनुपर्यो भनी समुन्द्री बगर छेउको सहर गएकी थिए म ।दिनभरको घुमघाम अनि रमाइलो सकेर साथिसङ्गिसङ्ग बिदावारी भएर आफ्नो सहर जाने बस चढे। Sunday को दिन प्राय सबैको छुट्टि हुने अनि सबैजसो नै समुन्द्रछेउ घुम्न आउने भएकोले बस लगभग प्याक भयो म सङ्गैको एक सिट बाहेक अरु सबै सिट भरिए अनि गाडी अगि बढ्यो। म अस्ताउदै गरेको घामलाइ बसको झ्यालबाट नियाल्दै दिनभरको रमाइलो सम्झिन थाले, मेरा सम्झनाका लहरहरु त्यही झ्यालको सिसामा हलको पर्दामा चलचित्र झै तरङ्गित हुन थाले। १० मिनेटपछी दोस्रो स्टेसन आइपुगि गाडी रोकिदा मेरो ध्यान पनि भङ्ग हुन पुग्यो । त्याहाबाट नि बस चढ्ने मान्छे होलान बरु सबै अर्को बसमा आउन ,म चैएक्लै बसेर जान पाए नि हुन्थ्यो झै लागिरहेथ्यो मलाइ ,तेत्तिकैमा ड्राइभरले एउटा सिट छ एकजना आउनु बाकी अर्को गाडिमा आउनु भनेर एकजनालाइ बोलायो। एकैछिनमा एउटा एसिएन जस्तै देखिने केटो आएर मेरो साथमा बस्यो र खल्तिबाट मोबाइल झिकी चलाउन थाल्यो । मैले सोचे केटि सङ्ग बसेर नि मोबाइल चलाउन थाल्यो भनेसी त यो एसिएन होइन जस्तो छ। अनि फेरि झ्याल तिर फर्केर आ
म आफ्नै दुनियामा हराइरहदा को पलहरुलाइ मेरा औलाहरुले किप्याड को माध्यम बाट स्क्रीनमा उतारिदिन्छन र तिनिहरुलाइ म यहाँ टास्नेगर्छु....