Skip to main content

Sunday story

Sunday यानिकी funday .हप्तामा एकदिन पाएको छुट्टि राम्रोसङ्ग बिताउनुपर्यो भनी समुन्द्री बगर छेउको सहर गएकी थिए म ।दिनभरको घुमघाम अनि रमाइलो सकेर साथिसङ्गिसङ्ग बिदावारी भएर आफ्नो सहर जाने बस चढे। Sunday को दिन प्राय सबैको छुट्टि हुने अनि सबैजसो नै समुन्द्रछेउ घुम्न आउने भएकोले बस लगभग प्याक भयो म सङ्गैको एक सिट बाहेक अरु सबै सिट भरिए अनि गाडी अगि बढ्यो। म अस्ताउदै गरेको घामलाइ बसको झ्यालबाट नियाल्दै दिनभरको रमाइलो सम्झिन थाले, मेरा सम्झनाका लहरहरु त्यही झ्यालको सिसामा हलको पर्दामा चलचित्र झै तरङ्गित हुन थाले। १० मिनेटपछी दोस्रो स्टेसन आइपुगि गाडी रोकिदा मेरो ध्यान पनि भङ्ग हुन पुग्यो । त्याहाबाट नि बस चढ्ने मान्छे होलान बरु सबै अर्को बसमा आउन ,म चैएक्लै बसेर जान पाए नि हुन्थ्यो  झै लागिरहेथ्यो मलाइ ,तेत्तिकैमा ड्राइभरले एउटा सिट छ एकजना आउनु बाकी अर्को गाडिमा आउनु भनेर एकजनालाइ बोलायो।  एकैछिनमा एउटा एसिएन जस्तै देखिने केटो आएर मेरो साथमा बस्यो र खल्तिबाट मोबाइल झिकी चलाउन थाल्यो । मैले सोचे केटि सङ्ग बसेर नि मोबाइल चलाउन थाल्यो भनेसी त यो एसिएन होइन जस्तो छ। अनि फेरि झ्याल तिर फर्केर आफ्ना सम्झनाहरु ताजा गर्न थाले। गाडी गुड्यो  एकछिन म झ्याल तिरै हेरिरहे ।एकछिनमा सङ्गैको व्यक्तितिर आँखा गयो उ अलिअली चल्दै थियो के गर्दै रेछ भनेर हेरेको त मोबाइलको नोटप्याड मा टाइपिङ गर्दै रेछ त्यो पनि नेपालिमै । नेपालि केटो बिदेस आएर नि सङ्गै केटि हुदा नि मोबाइलमा टाइप गरेको देखेर म मनमनै उस्लाइ hmm goodboy भन्दै के लेख्दोरहेछ उस्ले चाल नपाउने तालले हेर्न थाले । उस्को पहिलो वाक्य नै मैले भर्खरै सोचेको कुरो परेछ उस्ले लेखेको थियो Sunday यानिकी Funday जुन मैले अगि भर्खर सोचेको थिए , म अचम्मित भए फेरि यो त सामान्य हो सबैलाई था हुने कुरो भन्ने सोचेर अचम्मित मनलाइ काबुमा लिए अनि उस्को लेखाइ हेर्दै अनि मनमनै पढिरहे झ्यालतिर बहिरहेको मेरा दिनभरिका सम्झनाहरुलाइ कोठा मा खुल्लै छोडिएको टेलिभिजन झै बेवास्ता गरेर.....

उस्को नोटप्याडमा उ लेख्दै गयो " Sunday यानिकि funday प्राय सबैको लागि लागू हुने यो भनाइ मेरो लागि लागू कैलेइ भएन किनकी बिदेस आएदेखी कैलेनी Sunday बिदा मिलेको रेकर्ड छैन, हप्तामा एकदिन छुट्टि मिल्छ त्यो नि अरुको चै काम भएको दिन म एक्लै के fun गर्न पाउनु यसर्थमा हप्ताको एकदिन बिदा भएपनी केही fun गर्न मैले पाउदिनथे । सदाको Sunday झै आजपनी दिनभरको काम सकी रुम फर्किने क्रममा छु। बसभरी प्राय सबै Sunday लाई funday मा रुपान्तरण गरेर रमाइ रमाइ घर फर्किन लागेका खुसी मनहरु छन अनि सबै खुसी मनहरुको बिच म बकुलाको हुलमा काग झै अँध्यारो मुहार लाएर उनिहरुको खुसी ले भरिएको मुहार नियाल्दैछु। एउटा रहर जाग्छ मलाइ जुन रहर यति बेला मात्र होइन हरेक Sunday यतिबेला जाग्ने गर्दछ र सदाझै आजपनी जाग्छ कि म पनि कुनै sunday को दिन भएअभरका साथिहरुसित रमाइलो गर्दै बिताउन पाउ। तर मेरो रहर केवल रहर मै सिमित हुन्छ त्यो पक्का हो किनकी रेस्टुरेन्ट को काम जुन दिन अरुको बिदा पर्छ त्यो दिन झन झन प्याक , भएन कति यहि रहर पाल्दै अनि निरास हुँदै मन खेलाएर बस्नु बरु अरु रमाएको हेरेरै रमाउछु भन्ने सोच्दै यताउता आँखा डुलाउछु सब आफ्नै धुनमा मस्त पो छन , म के हेर्नू उनिहरुलाइ कुन्नि कस्ले कुन्नी के हेरेको जसरी , बरु बात पो मारु कि आफ्नै सिटको महिला सङ्ग भनी यसो हेर्छु उ त झ्यालपट्टिपो मुन्टो फर्काएर बसेकी छे , सायद उ एक्लो छे अनि  पक्का पनि छे यो ठाउमा उसङ्ग बोल्ने वाला कोइ छैन भनेर तेसैले त होला कसैलाइ वास्ता नगरी उ झ्यालतिरै एकोहोरो टोहोलाइरहेकी छे , सायद दिनभरिका उस्का रमाइला यादहरु त्यो झ्यालको सिसामा सिनेमाको पर्दामा जसरी हिडेको कल्पना गर्दै होलि , उस्को कल्पना को दुनिया भङ्ग गरेर उस्लाइ बोलाउन पनि मन हुन्न्न र म आफ्नो मोबाइल झिकेर मनमा खेलेका कुरा नोटप्याडमा टाइप गर्न थाल्छु ,एकचोटि लाग्छ कसैले यो सब लेखेको देखे के भन्ला फेरि सोच्छु सबै फिलिपिनो र भियतनामी जस्ता मात्र छन यिनारले के बुझ्नु मेरो लेखाइ ?? यति लेखिसक्दा मलाइ कसैले हेरिरहेजस्तो लाग्यो र यसो सङ्गैको केटिपट्टी हेरेको त उ त मै पट्टि पो हेर्दै रेछ सायद अक्षर नबुझेर के चै लेख्यो भन्ने सोचेर हेरिहोला फिलिपिनोले । मलाइ उ कुनै फिलिपिनो जस्तै लाग्छ सिलिक्क परेको कपाल चम्किला आँखा, गोरो छाला मङ्गोलिएन टाइपको मुहार अनि एकै शब्दमा भन्नुपर्दा "राम्री " । साच्चै उ राम्री छे देखिनमा सायद व्यवहारमा पनि होलि अनि उस्को नाम पनि ग्रेस , मेरि यस्तै यस्तै होला । मैले काम गर्ने रेस्टुरेन्टका दुई फिलिपिनी वैट्रेस को नाम सम्झिदै म उस्को नाम अनुमान लगाउछु । अनि उस्लाइ घरी घरी नियाल्दै उस्का गतिविधि बारे केही लेख्ने प्रयास गर्छु।  प्रयास त गर्छु तर प्रयास बिफल बनाइदिन्छ मेरो आफ्नै कमजोरिले त्यो के भने मलाइ कुनै पनि कुरा राम्रो लाग्यो भने म केही सोच्नै सक्तिन तेस्को बारेमा लेख्नु त परैको कुरो । उस्को बारेमा लेख्ने प्रयास गर्दा मैले अन्जानैमा उस्लाइ कुनै कुरा सङ्ग पो तुलना गरिसकेकोरहेछु यदि उस्ले यो लेखाइ बुझ्दी हो त के भन्दी हो यो बयान हो कि के हो भनेर सायद ठुस्किदी  हो । अनि म उस्लाइ फकाउनको लागि के के गर्थे होला ।सायद बुझाउने प्रयास गर्थे त्यो वाक्य नै तेस्तै थियो जहाँ "कुनै कुरा " भन्दा अरु कुनै शब्द फिट नै हुदैन तेसैले तेसो हुन गएको हो भनेर। सायद उ बुझ्दी हो मैले बुझाउन खोजेको कुरो अनि मुसुक्क मुस्काउदी हो। लेख्दालेख्दै सोच्छु होइन मलाइ यो फिलिपिनो मन पर्यो कि के हो?? अनि म आफैलाइ जवाफ दिन्छु तेस्तो केइ होइन यो केवल आकर्षण हो म उ तिर केवल आकर्षित भैरहेको छु अब केहिबेरको यात्रा पछि उ म बाट टाढा पुग्नेछे अनि यो आकर्षण केवल एउटा मीठो यात्रामा सिमित हुनेछ र सायद भोलिबिहान हुदा बिलाइजानेछ मानसपटलबाट पनि । यथार्थ कुरो था हुदा हुँदै पनि कैकेकाइ मेरो मनमा एउटा आस जस्तो पलाइरहन्छ कि यसरि कुनैदिन मेरो लागि जुराइएको व्यक्ती भेटियोस अनि हामी एकअर्कामा हराउन सकौ ,मलाइ यो मोबाइलको नोटप्याडमा औला खेलाउन भन्दा उस्का केशमा औला खेलाउने अवसर मिलोस ,यो दिमागले यिनि त फिलिपिनो भन्नू को सट्टा यो त मेरि मान्छे भन्न पाइयोस , अनि उस्ले पनि त्यो झ्याल तिर एकोहोरो हेर्नुसट्टा मेरा आखामै हेरेर हराउन पाओस अनि बेलाबेला म तिर मैले था पाउला कि भनी हेर्नुभन्दा निर्धक्क भएर म सङ्ग बोल्न पाओस ....

यति लेखिसकेर उ मुसुक्क हास्यो खै किन हो सायद आफुले लेखेका कुराहरु कल्पिएर होला उस्को मुस्कानले मलाइ पनि मुस्काउन बाध्य बनायो ,उस्ले मोबाइल बन्द गरेर खल्तिमा राख्नै लाग्दा एकपटक म तिर हेर्यो हाम्रा आँखा जुधे म उस्लाइ हेरेर एकोहोरो मुस्काइ नै रहेकी रहेछु त्यो देखि उ पनि हल्का अचम्म मिसिएको मुस्कान जस्तो दिएर उता फर्कियो। मलाई उस्को लेखाइ र सोचाइ दुबै राम्रा अनि रमाइला लागे अनि बोलु बोलु पनि लाग्यो तर उस्ले त मलाइ फिलिपिनो सोचेको छ फेरि सरप्राइज्ड भएर उस्लाइ अप्ठेरो लाग्ला भनेर नबोली बसे। उस्ले मलाइ सायद भोलि बिहान हुदा भुलिसक्छु भनेर लेखेको याद आयो अनि मलाइ त्यो हुन दिन मन लागेन खै किन उसङ्ग केही समय अझै हुन मन लाग्यो ,बसको यात्रा त सकिनै लागेको थियो तर उस्को दिमागमा म रहिरहन सक्थे उस्ले चाहेभन्दा केही समय बढी तेसैले बसबाट ओर्लने क्रममा मैले उस्लाइ भने Sunday यानिकी funday एउटा बहाना हो हप्ताभरिको दुख भुलेर रमाउन खोज्ने यसको जरुरत तेस्लाइ पर्दैन जो यति राम्रो लेखेर आफैमा हराउन सक्छ ,रमाउन सक्छ । मैले बिना प्रसङ्ग एक्कासी एसो भनिरहदा उ एकटक हेरिमात्र रह्यो अन्त्यमा मैले मुस्काउदै खुसी रहनुस है भनेर उ बाट टाढा हुँदै गर्दा उ मज्जैले हास्यो सायद हल्का लाज पनि मिसाउदै .... उस्ले भने जसरी उस्ले मलाइ भोलि बिहान सम्ममा बिर्सेला या मैले सम्झाउन खोजेजसरि सम्झी नै रहला त्यो त था भएन तर मलाइ भने उ धेरै दिन याद आउला जस्तो छ .....

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग