whenever I am alone I assume myself as a character & really feel like them .... Sometimes get touched by myself हरेक पल्ट झरी पर्दा सम्झने गर्छु त्यो चुहिने छानो, त्यसमुनि थापेको सिलाबरे डेक्ची,तप्प तप्प पानीको आवाज अनि त्यहि डेक्ची नजिकै गुन्द्रीमा पछ्यौरा ओढेर टाउको र घुडा जोडेर सुतेको मेरो गालामा परेका ति पानीका छिटा, घरको अवस्था र घरका सदस्यको अवस्था मा खासै फरक थिएन हाम्रो , त्यो छाना जस्तै ठाउठाउमा प्वाल परेका बा को कमिज अनि घाटिसम्म डढेर कालो भएको सिलाबरे डेक्चिको कान (उचाल्नको लागि समाउने ठाउलाइ सजिलोको लागि हामी डेक्चिको कान भन्थ्यौ) जुन एक बित्ताजती च्यातिइसकेको थियो धातु भएकोले होला तेत्रो च्यातिदा नि अडिन चै सकेको थ्यो बेला बेला तिव्रगतिमा बहेको हावाले त्यो डेक्चिको च्यातिएको कानलाइ हल्लाइरहन्थ्यो अनि तेसरी नै हल्लिन्थे छतबाट चुहिएको पानी डेक्चिमा भरिएपछी अर्को भाडो राख्नुपर्छ भनी मध्यरातको मीठो निद्रा त्याग गरेर बसेकी मेरि आमाका कुमनेर च्यातिएर उम्कनै लागेका ब्लाउजका टुक्राहरु, छानोमा खरको त्यान्द्रोसङ्गै रमाउदै हाम्रो घरभित्र बिना मन्जुरी राजाझै तप्किरहेको प
म आफ्नै दुनियामा हराइरहदा को पलहरुलाइ मेरा औलाहरुले किप्याड को माध्यम बाट स्क्रीनमा उतारिदिन्छन र तिनिहरुलाइ म यहाँ टास्नेगर्छु....