Skip to main content

बिडम्बना another rain story

whenever  I am alone I assume myself as a character & really feel like them ....
Sometimes get touched by myself 

हरेक पल्ट झरी पर्दा सम्झने गर्छु त्यो चुहिने छानो, त्यसमुनि थापेको सिलाबरे डेक्ची,तप्प तप्प पानीको आवाज अनि त्यहि डेक्ची नजिकै गुन्द्रीमा पछ्यौरा ओढेर टाउको र घुडा जोडेर सुतेको मेरो गालामा परेका ति पानीका छिटा, घरको अवस्था र घरका सदस्यको अवस्था मा खासै फरक थिएन हाम्रो , त्यो छाना जस्तै ठाउठाउमा प्वाल परेका बा को कमिज अनि घाटिसम्म डढेर कालो भएको सिलाबरे डेक्चिको कान (उचाल्नको लागि समाउने ठाउलाइ सजिलोको लागि हामी डेक्चिको कान भन्थ्यौ) जुन एक बित्ताजती च्यातिइसकेको थियो धातु भएकोले होला तेत्रो च्यातिदा नि अडिन चै सकेको थ्यो बेला बेला तिव्रगतिमा बहेको हावाले त्यो डेक्चिको च्यातिएको कानलाइ हल्लाइरहन्थ्यो अनि तेसरी नै हल्लिन्थे छतबाट चुहिएको पानी डेक्चिमा भरिएपछी अर्को भाडो राख्नुपर्छ भनी मध्यरातको मीठो निद्रा त्याग गरेर बसेकी मेरि आमाका कुमनेर च्यातिएर उम्कनै लागेका ब्लाउजका टुक्राहरु, छानोमा खरको त्यान्द्रोसङ्गै रमाउदै हाम्रो घरभित्र बिना मन्जुरी राजाझै तप्किरहेको पानीका थोपा अनि तेहि थोपा खसेनजिकै डेक्ची कुरेर बसेकी मेरि आमाको अर्धनिद्राको लामो लामो सासको आवाज हरु बाझिरहदा मेरा निद्रा खल्बलिरहन्थे अनि बेला बेलामा मेरा गालातिर उफ्रीन आइपुग्ने पानीका छिटाले आमालाइ कमजोर ठान्न बिवस गराउथ्यो अनि मेरा आसाका नजरले खोज्दै पुग्थे कोठाको कुनामा मेरा बा लाई जो दमको व्यथाले थलिएर खङ खङ खोक्दै सिरक भित्र गुडुल्किएर दुई आखामात्र बाहिर देखाएर हेरिरहेछन म अनि मेरि आमालाइ निरीह भएर ....
म ठूलो भएर यो छानो नटाली छोड्दिन भन्थे म अनि आमै भन्थिन् ठूलो हुन त पैला सुत अनि भोलि भोलि भएसी पो ठूलो हुन्छस त अनि मेरा निधारका पानीका छिटा पुछिदिन्थिन 
म साच्चै भोलि नै ठूलो हुन्छु भन्ने सोचेर छिटोभन्दा छिटो निदाउने प्रयास गर्थे तर डेक्चिबाट पानीका छिटा मेरा गालामा पर्न छोड्दैनथे अनि हरेक छिटाले भनिरहेझै लाग्थ्यो यो छानो नटाली तँ सुत्न पाउँदैनस्...
 आज सम्म पनि हरेक झरिले याद गराइरहन्छन ती दिन अनि अवस्था जुन अहिलेसम्म पनि खासै परिवर्तन भएको छैन न त परिवर्तन गर्ने प्रयास नै गर्न सकेको छु ......
#बिडम्बना

Comments

Post a Comment

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग