Skip to main content

Posts

Showing posts from July, 2020

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग

मौनता

मौनतामा कति प्रश्न छन एकचोटी मनदेखी हेर जुन क्षण सुन्नेछौ हर सवाल त्यस पल तप तप चुहिनेछन  ती आँखाबाट जवाफहरु ढिलो नगर आफुलाइ नियाल्न छरपस्ट छरिएका मायालाइ सङ्गाल्न फेरि कुनै दिन ओठ केहि तन्काउदै घाँटी केही सुकाउदै  सुख्खाप्राय मुखबाट घुटुक्क निलिएको  एक थोपा थुक बराबर बाकी हुनेछ सम्बन्ध  अस्तित्व लगभग सकिएको  तर महत्त्व आकासिएको