मौनतामा कति प्रश्न छन
एकचोटी मनदेखी हेर
जुन क्षण सुन्नेछौ हर सवाल
त्यस पल तप तप चुहिनेछन
ती आँखाबाट जवाफहरु
ढिलो नगर आफुलाइ नियाल्न
छरपस्ट छरिएका मायालाइ सङ्गाल्न
फेरि कुनै दिन
ओठ केहि तन्काउदै
घाँटी केही सुकाउदै
सुख्खाप्राय मुखबाट
घुटुक्क निलिएको
एक थोपा थुक बराबर
बाकी हुनेछ सम्बन्ध
अस्तित्व लगभग सकिएको
तर महत्त्व आकासिएको
Comments
Post a Comment