Skip to main content

Posts

Showing posts from May, 2019

1 Minute 25 seconds

सपनाहरु ठुला त थिएनन तर समय पर्याप्त थिएन प्रयासहरु नगरेको होइन तर भाग्यले साथै दिएन पाएका प्रतिफलहरु सन्तोसजनक भएन आसा मात्र पालेर बसेको पनि त होइन गन्तव्य केवल एकै थियो कसैको मुहारमा मुस्कान ल्याउ चाहना केवल यत्ती थियो उसैको केही चाहना पूरा गरौ संघर्षको पराकाष्ठा नाघेर आफ्ना इच्छा चाहनालाइ मारेर नजिकै लाग्दैथ्यो गन्तव्य अब त तर के पायो भाविले मेरो भाग्य नै मेटेर ?? बिहान सबेरै फोन आउँछ सात समुद्र पारी नै डर लाउछ खबर सुन्छु सकियो मेरो खुसी ४ दिन अघि बोलेको याद आउँछ 1 मिनेट 25 सेकेन्ड को त्यो वार्ता त्यो मेरो खुसिको अन्तिम आवाज बिदा हुनु अघि ,मलाइ छोड्नु अघि के तेति समय काफी थियो र????????