There are many things in this world which makes us remember our loved ones who are far from us. For me rain is the only thing that makes me remember her & rain is my comfort zone to write too..... #lover_writer आज पनि फेरि झरि पर्यो । झरिसगै मेरो दिमागमा पनि ( अँखा मा त एसै छदै थ्यो) धेरै दृश्य हरुको वर्षात हुन थाल्यो।हेरिरहेछु कोठाको वरण्डापट्टिको ढोकाबाट बाहिर कुनै ठुलै खेल जितेपछी रमाएका खेलाडिहरु जसरी रमाइरमाइ बर्षिरहेका पानीका थोपाहरुलाइ।साएद धेरै समय आकाशमा घुमेपछी बल्लबल्ल आफ्नो पुरानो हितैशी धर्तिलाइ भेट्न पाएकोले होला सार्है रमाइरहेछ यो झरी। यो हेर्दै म पनि रमाइरहेछु आफ्नै मनको कुनामा चिहाउदै । मैले यो झरिलाइ येसरी हेरिरहेको छु जसरी कुनै प्रेमिले आफ्नी प्रेमिका हासेको देख्दा मौन भएर हेरिरहन्छ,उस्को त्यो मुस्कानमा हजारौ जुनि बाचेको महसुस गर्छ ,त्येइ हासोमा सारा सन्सार को खुसी पाउछ ,र घमण्ड गर्छ एस्ति मौसम परिवर्तन गर्ने मुस्कान भएकी श्त्री उस्कि प्रेमिका हो भनेर र मनमनै धन्यवाद दिइरहेको हुन्छ भगवान लाई वा भनौ त्यही स्त्रीलाइ जस्ले उस्लाइ आफ्नो प्रेमी भनेर स्विकारेकी
म आफ्नै दुनियामा हराइरहदा को पलहरुलाइ मेरा औलाहरुले किप्याड को माध्यम बाट स्क्रीनमा उतारिदिन्छन र तिनिहरुलाइ म यहाँ टास्नेगर्छु....