रातको १० बजे एक हातमा आधा जलिसकेको चुरोट अनि अर्को हातमा बियरको सिसी लियर मन्द गतिमा बहेको हावाको स्पर्शसँगै फेवातालको किनारमा बसिरहेको मलाइ साथ दिइरहेछ अलिपर देखिएको विपरीत लिङ्गिय आकृतिसँग जोडिएको मेरो झिनो आस...जसलाइ हेर्दै म सोचीरहेछु कास तिनी मेरै उनि हुन्थिन् त न उनि त्याहाँ हुन्थिन न म यहाँ हुन्थे , न उनलाइ फेवाको साथ चाहिन्थ्यो न मलाइ नै यि चुरोट र वियरको आवस्यकता पर्थ्यो.... यदि हामी एक अर्काको हुन्थ्यौ त सायद उनि मेरा आँखामा फेवाको सितलता महसुस गर्न सक्थिन् र म उनैमा यि चुरोट र वियरको मादकता....
#फेवा_डायरी
#फेवा_डायरी
Comments
Post a Comment