Skip to main content

Posts

Showing posts from March, 2020

खुसी

आज खुसी छु म हिजो भन्दा धेरै हिजो कति थिए भुलेर खुसी छु पिर चिन्ता हिजो र भोलिको आजसङ्ग दाज्न छोडेर खुसी छु।। सजिला अप्ठ्यारा मोडहरुको जिन्दगी यात्रा सोचेर खुसी छु आउनु र जानू एक्लै नै छ भेटिने बटुवा बोलेर खुसी छु ।। सम्पत्ती ठुलो न सुन न चादी आज म तारा गनेर खुसी छु बाहिरि चहक भित्र के पो छ म जून को प्रेमी बनेर खुसी छु।। चियो र चर्चो पिडाको बाटो म आफैप्रती हासेर खुसी छु श्वास र इन्धनमा छैन फरक म मनदेखी बाचेर खुसी छु।।