Skip to main content

Posts

Showing posts from June, 2020

वाउ माया वाउ

आफ्नै समयमा आउ अनि आफ्नै समयमा जाउ मनलागे फर्की हेर मन नलागे मुन्टो घुमाउ वाउ माया वाउ आफ्नै कुरो गर अनि आफ्नै गुनगान गाउ मनलागे मेरो सुन मन नलागे अझै कराउ वाउ माया वाउ सानो कुरो बताउ अनि त्यसलाइ पहाड बनाउ मन लागे चित्त बुझाउ मन नलागे परेली रुझाउ वाउ माया वाउ मेरै गल्ती देखाउ अनि मेरै सात्तो खाउ मन लागे माफी देउ मन नलागे अझै खोट देखाउ वाउ माया वाउ आफ्नै भाग्य खोटो भनि आफ्नै पुर्पुरो समाउ मन लागे खुसी भैदेउ मन नलागे घन्टौ बिताउ वाउ माया वाउ 🤣🤣

insomnia

झ्यालबाट जूनले चिहाइरहेछ कस्तो यो संयोग मिलाइरहेछ उ पनि जागा म पनि जागै आउदैन निदरी कुरो छ मनभरी शितल हावा सुसाइरहेछ यो रात पनि मुस्काइरहेछ कानभरी गुन्जने अनौठो भाका आउदैन निदरी हराउछु यसरी झ्यालैनिरको त्यो फूलको बोट बोटमा फूलेको उसैको फोटो नाचिरहेछ लाग्ला कि चोट आउदैन निदरी पिर छ मनभरी जूनलाई साथी कति छन तारा कल्पेर बस्नुछ उस्को सहारा यादै रहन्न दुनिया सारा आउदैन निदरी सम्झना भैरनी भन्नुमात्र हो चारभित्ता बिच मन उडेर सन्सारै डुल्छ रोक्न पनि त त्यसै सकिन्न आउदैन निदरी खेल्दछ मन फेरि