Skip to main content

Posts

Showing posts from September, 2017

फरक सोचाइ unique

Everyone wants to be unique So do I बत्ती बलुन्जेल आँखा चिम्लिन्छु म अनि अँध्यारो भएसी त्यो दृश्य मा के के के के देख्छु म यो होइन कि मलाइ प्रकास मनपर्दैन जुन्किरिको धिप धिप जुनको चहक ताराहरुको टिलपिल अनि पारी गाउमा देखिएको तिहारको झिलिमिलि सार्है मनपर्छ मलाइ तर घामको चर्काइ सि एफ एल को चमक राको को ज्वाला अनि लाल्टिनको उज्यालो मनपर्दैन मलाइ मलाइ मनपर्ने धिपी धिपी चहक ,टिलपिल र झिलिमिलि ले शान्ति दिन्छ मलाइ आफ्नै सन्सार बनाइ हराउन पाउछु म तिनिहरुको सहारामा तर मननपर्ने चर्काइ चमक , ज्वाला र उज्यालो भनाउदा  हरुले मलाइ बाध्य बनाउन खोज्छन कसैले बनाएको सन्सारमा रुमल्लिन .....सायद

म आतंककारी terrorist

be sensitive not only when you feel but also when you express #mind_it उनिहरुले भुलवस मलाइ आतंककारी सोचे लुकि लुकि मलाइ नियाल्न थाले मेरो चियो चर्चो खोजिनिती गर्न थाले म थिइन आतंककारी यो उनिहरुलाइ थाहा थिएन थाहा नभएरै मलाइ आतंककारी सोचिरहे म चुपचाप बसे केहिबेरमा थाहा पाए गलत सोच थियो भन्ने धन्न भगवान पनि भने सायद पस्चातापको भाव झल्कियो मुहारमा तर अह माफी माग्न सकेनन न त सामु पर्दा आँखा जुधाउन नै सके म चुपचाप नै बसे म प्रती को पस्चातापको भाव दिमागमा बोकेर हरघडी तेइ भाव द्वारा आतङ्कित भैरहे उनिहरु अनि म होइन आतंककारी भन्ने थाहा भैकन पनि हरघडी मै द्वारा आतङ्कित भैरहे उनिहरु अनि म नभएर नि सधै आतंककारी भैरहे उनीहरुकै मनमा उनिहरुकै कारण अनि मात्र उनिहरुको लागि ........

ए रात the night

This is my favourite lyrics among my creation. ए रात पर्खी तँ अब कतै नजा त्यो दिनलाइ मेरो सामु आउन नदे त्यो दिनले फेरि कुनै कथा बनाउनेछ अतितका पीडा फेरि बल्झाउनेछ तड्पाउनेछ तेस्ले फेरि अनेकथरी कथा रची जुनि काट्न म चाह्न्न फेरि तेस्को जालमा फसि उज्यालो को नाउमा त्यो हो रङ्गिन जालो रहेन अब शक्ति झेल्नलाइ नाटक तेस्को बुझिसके त्यो दिनको नाउमा खप्नुपर्छ कति गार्हो झिलिमिली नौटंकि भन्दा मलाइ कालो रात प्यारो तेसैले ए रात पर्खी तँ अब कतै नजा त्यो दिनलाइ मेरो सामु आउन नदे #nmag_lyrics_contest

झरी कथा rain story continues

Something in life we start & can never finish clearly .... for instance this story... श्रावणको सोमबार भएकोले पशुपतिमा दर्सन गर्नेको ठुलै भिड थियो।दर्शन नगर्ने ?? मैले सोधेँ । उन्ले लाइनतिर इशारा गर्दै भनिन् 'तेत्रो लाइन देखेनौ ?? अब यहिबाट दर्सन गर । हुन त हो भने .. त्याहा बसुन्जेल उन्ले आफ्ना बारेमा धेरै कुराहरु सुनाउन भ्याइन्।उनी बोल्न थालेपछी लाग्थ्यो कि म कुनै टेलिभिजन अगाडि बसिरहेछु। यस्को मतलब  यो होइन कि उनी बोल्न थालेसी मैले बोल्ने मौका पाउदिनथे ।उनी बेलाबेलामा उन्को कुराप्रती मेरो राय लिन खोज्थिन। हो कि होइन, कि कसो, तिमी भए के गर्थ्यौ आदि प्रश्नहरु मेरो सामु तेर्स्याइरहन्थिन र मेरो जवाफ सधै उस्तै हुन्थ्यो अ ,हो, उइ त हो नि आदि।मलाइ उन्को कुरो सुन्नु भन्दा पनि उनी एकसुरले बोलिरहदा उन्को मुहार नियाल्न रमाइलो लाग्थ्यो। तर एकसुरले उन्लाइ हेरिरहन पनि सक्तिनथे र आँखा आर्यघाट्तिर डुलाउथे।आर्यघाट्बाट निस्केको धुवा नियाल्दै जादा आकासको त्यो कालो बादल देखेसी भने सात्तो जान्थ्यो अनि श्री पशुपति नाथ लाई मनमनै गुहार्थे प्रभु आज पानी नपारिदेउ है जम्मा एउटा छाता छ बिजोग हुन्छ भि