Skip to main content

झरी कथा rain story continues

Something in life we start & can never finish clearly .... for instance this story...

श्रावणको सोमबार भएकोले पशुपतिमा दर्सन गर्नेको ठुलै भिड थियो।दर्शन नगर्ने ?? मैले सोधेँ । उन्ले लाइनतिर इशारा गर्दै भनिन् 'तेत्रो लाइन देखेनौ ?? अब यहिबाट दर्सन गर । हुन त हो भने ..
त्याहा बसुन्जेल उन्ले आफ्ना बारेमा धेरै कुराहरु सुनाउन भ्याइन्।उनी बोल्न थालेपछी लाग्थ्यो कि म कुनै टेलिभिजन अगाडि बसिरहेछु। यस्को मतलब  यो होइन कि उनी बोल्न थालेसी मैले बोल्ने मौका पाउदिनथे ।उनी बेलाबेलामा उन्को कुराप्रती मेरो राय लिन खोज्थिन। हो कि होइन, कि कसो, तिमी भए के गर्थ्यौ आदि प्रश्नहरु मेरो सामु तेर्स्याइरहन्थिन र मेरो जवाफ सधै उस्तै हुन्थ्यो अ ,हो, उइ त हो नि आदि।मलाइ उन्को कुरो सुन्नु भन्दा पनि उनी एकसुरले बोलिरहदा उन्को मुहार नियाल्न रमाइलो लाग्थ्यो। तर एकसुरले उन्लाइ हेरिरहन पनि सक्तिनथे र आँखा आर्यघाट्तिर डुलाउथे।आर्यघाट्बाट निस्केको धुवा नियाल्दै जादा आकासको त्यो कालो बादल देखेसी भने सात्तो जान्थ्यो अनि श्री पशुपति नाथ लाई मनमनै गुहार्थे प्रभु आज पानी नपारिदेउ है जम्मा एउटा छाता छ बिजोग हुन्छ भिजियो भने त।
तेत्रा आईमाई हरुले घेरिएका बुढा,त्याहामाथी सदाबहार झ्याप, मेरो कुरो के सुन्थे बरु डिस्ट्रब नगर भनेर हो कि गगन मण्डलबाट एउटा जोड्को पानीको थोपा मेरो नाकको डाडिमा बजारिहाले। एकै क्षणमा दरङरङरङरङ पानी बर्सिन थालिगो।
पानी पर्यो भन्दै कराइन उनी । म सङग छाता छ नि किन डराको?? मैले जानकारी दिए।
डराको हो र बुद्धू?? खुशी भाको पो त , I just love this rain , र मलाइ रुझ्न एक्दमै मनपर्छ भन्दै रुझ्न पो थालिन् । उन्ले तेसो भनिसके पछि मैले छाता झिक्ने आट गरिन बरु उनी रमाएको हेर्दै उनिसङ्गै रुझ्न पो थालेछु।तेस झरिमा हामी भिजिरह्यौ तर मेरो छाता भने मेरो झोलामा सुरक्षित थियो। मननलागी नलागी भिज्दाभिज्दै सार्है चिसो महसुस भैरहेको थियो एकमन त लाग्यो आमाले भनेजस्तै निमोनिया को अनुभव एस्पाली चै हुने भो । फेरि सोचे मेरो ठाउमा उन्को परिवारको कुनै सदस्य भको भए दुई चड्कन लगाएर छाता ओढाउदो हो तर म केबल उन्लाइ हेरिरहन मात्र सक्थे ,उन्को हरेक कुरामा सहमती जनाउन सक्थे,मेरो मनले यहि नै माया हो भन्थ्यो र म उन्लाइ केबल माया गरिरहन मात्र सक्थे । झरिमा रुझ्दा उन्को आखामा एउटा रौनक हुन्थ्यो लाग्थ्यो उन्लाइ येहि पल मात्र बाच्नु छ तेसैले हो कि उनी आफ्ना सारा अङ्ग रमाउने गरि ,स्वर्गभरिका अप्सराहरु एकैसाथ नाचेझै नाच्थिन हरेक झरिमा र म केबल उन्लाइ हेरि बस्थे।
तेस्पछी पनि हामी धेरै पटक घुम्न गयौ ।सधै उस्तै हुन्थ्यो हाम्रो भेट्घाट एउटा कुरो बाहेक , मैले छाता बोक्न छोडेको थिए।
उनी हुदा मरुभुमी नि स्वर्ग लाग्थ्यो भने उनी नहुदा फुलैफुलको बगैचा पनि उजाड लाग्थ्यो।यस्तो भावना दिनप्रतिदिन बढ्दै थ्यो मेरो मनमा।
तर कैलेइ उनिसङ्ग आफ्नो मनको कुरो राख्ने हिम्मत भएन।
उन्को म प्रतिको भावना के थियो त्यो पनि सोध्न सकिन।
कहिलेकाही  लाग्थ्यो उनी पक्कै महसुस गर्न सक्छिन उनिबाट मैले केहि अपेक्षा गरेको छु भन्ने
र उनिबाट मैले अपेक्षा गरेको चिज मात्र माया थियो ,उन्को साथ थियो। यदि साचै उनी यस्तो महसुस गर्छिन भने उनी पनि यश विषयमा पोजेटिभ  नै छिन जस्तो लाग्थ्यो नत्र कलेज सकिएपछी छोट्टिनुपर्ने हाम्रो भेट्घाट किन बढिरहेथ्यो त ?? म सोच्न वाध्य हुन्थे।
#क्रमस;

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग