Skip to main content

Posts

Showing posts from May, 2018

बा को साथि

भुकम्पले ध्वस्त भएको घरको अनुगमन गर्ने क्रममा एउटा घर निकै पहिले भत्किएजस्तो देखियो , तेस्लाइ राम्ररी अनुसन्धान गर्नकोलागी भग्नावशेष पन्छाउन थालियो , पन्छाउदा पन्छाउदै एउटा अस्थिपन्जर भेटियो कुनै खाटमाथी अनि तेस्को टाउको सायद सिरानी मुनि एउटा डाएरी तेस्लाइ पढ्ने क्रममा एउटा कहालिलाग्दो घटना भेटियो जसको कारण हाम्रो टोलिको सदस्य सबै त्रसित भए र त्याहाबाट सक्दो चाडो उम्कने प्रयास गरियो। सो डाएरिमा यस्तो लेखिएको थियो .... जाडोयाम मध्यराततिरको समय आधा बारिएको बार्दलिबाट छिरेको चिसो सिरेटोले कम्बलबाट अलिकती बाहिर निस्किएको मेरो खुट्टोलाइ एक झस्का दिएर जादा झसङ्ग भै  ब्युझिएछु म । मेरो अर्को खुट्टोलाइ न्यानो होस भनी आफ्ना दुई तिघ्राबिच च्यापेर  सुत्नुभएको मेरा बा पनि मेरो झस्काइले ब्युझनुभएछ र भन्नुभयो "खै खुट्टा यता ले म तातो बनाइदिन्छु निद्रामा खुट्टो धेरै नचलाए पो हुन्थ्यो ओढ्ने नि आधा जिउ मात्र पारेछ चिसोले मर्नलाइ"। यति भनेर बा ले मेरो खुट्टा तान्दै आफ्नो तिघ्राबिच च्यापेर फेरि निदाएझै गर्नुभो ।बातिरै मुख फर्काएको हुनाले बा को मुखबाट निस्केको तातो सास अनि तेस्मा मिसिएको तमाख

depressed

बेचैनी छाएको छ मनमा , किन कसरी सारा वृतान्त आफुले आफैलाइ पनि सम्झाउन सकिरहेको छैन अरु कसैलाइ बुझाउन त परैको कुरो , दिमाग अनि मन बिचको बाझाबाझको कुनै निस्कर्श निस्किदैन , न कुनै झिनो आसा नै पलाउछ , आँखा का एकोहोराइ र ज्यानको थकाइ महसुस गर्न बाहेक अरु कुनै कुराको लागि उर्जा बाकी छैन जस्तो लागिरहेछ,परिस्थितिको पिडाले यसरी थिचेको छ कि डाको छोडेर रोइदिम झै लाग्छ तर झुटो मुस्कान देखाउदा देखाउदा मुल नै सुकिसकेको आँसु फेरि कैलेइ पलाउदैन अनि रुद्रघन्टी नीर अड्किएको हिक्का कति प्रयास गर्दा नि मुखतिर आउदैन बरु उल्टै छाती हुँदै आन्द्राभुडी बटार्ने गरि भड्किरहन्छ भावनाका तिता लहरहरुशीत मिलेर मलाइ झनझन तड्पाउन, मन यति एक्लो भैसक्यो कि केही मानिसको जमातपनी कोलाहल झै लाग्छ, भित्तामा टासिएका पोस्टरले नि डिस्टर्ब गरिरहेझै लाग्छ , मलाइ गिज्याइरहेझैलाग्छ ऐनाले ,अनि हरेक दिन घाम लागेपछिको उज्यालो दिनले तेरो कुनै हक छैन मेरो प्रकासमा भनिरहेझै लाग्छ र हरपल बन्द कोठामा थुनिएर बस्न बाध्य बनाउछ मलाइ , त्यो लाचारी सहदै जसोतसो कटेको दिनपछी सधै आउँछ एकान्त अनि सुनसान रात जब सारा दुनिया तेसको काखमा निदाउछ म जागा ह