Skip to main content

बा को साथि

भुकम्पले ध्वस्त भएको घरको अनुगमन गर्ने क्रममा एउटा घर निकै पहिले भत्किएजस्तो देखियो , तेस्लाइ राम्ररी अनुसन्धान गर्नकोलागी भग्नावशेष पन्छाउन थालियो , पन्छाउदा पन्छाउदै एउटा अस्थिपन्जर भेटियो कुनै खाटमाथी अनि तेस्को टाउको सायद सिरानी मुनि एउटा डाएरी तेस्लाइ पढ्ने क्रममा एउटा कहालिलाग्दो घटना भेटियो जसको कारण हाम्रो टोलिको सदस्य सबै त्रसित भए र त्याहाबाट सक्दो चाडो उम्कने प्रयास गरियो। सो डाएरिमा यस्तो लेखिएको थियो ....

जाडोयाम मध्यराततिरको समय आधा बारिएको बार्दलिबाट छिरेको चिसो सिरेटोले कम्बलबाट अलिकती बाहिर निस्किएको मेरो खुट्टोलाइ एक झस्का दिएर जादा झसङ्ग भै  ब्युझिएछु म । मेरो अर्को खुट्टोलाइ न्यानो होस भनी आफ्ना दुई तिघ्राबिच च्यापेर  सुत्नुभएको मेरा बा पनि मेरो झस्काइले ब्युझनुभएछ र भन्नुभयो "खै खुट्टा यता ले म तातो बनाइदिन्छु निद्रामा खुट्टो धेरै नचलाए पो हुन्थ्यो ओढ्ने नि आधा जिउ मात्र पारेछ चिसोले मर्नलाइ"। यति भनेर बा ले मेरो खुट्टा तान्दै आफ्नो तिघ्राबिच च्यापेर फेरि निदाएझै गर्नुभो ।बातिरै मुख फर्काएको हुनाले बा को मुखबाट निस्केको तातो सास अनि तेस्मा मिसिएको तमाखुको गन्धले मलाइ सास फेर्नै अलि असजिलो बनाइरहेथ्यो तर जति असजिलो भएनी  म जाबो ५ बर्षको फुच्चे बाको चेपबाट चल्नमात्र पनि मुस्किल थियो। बाको सास र मेरो सास ठोक्किएर म एकपटक जोडले निसास्सिए र बल गरेर अलिकती टाउको उठाइ बार्दलिको बाहिर हेर्न पुगे ,हेर्न बाहिर खोजेथे तर आँखा पुग्यो बा भन्दा उतापट्टी बा सङ्गै टासिएर सुतेको एक मानव आकृतिमा ,सोचे बा को कोइ साथी आए जस्तो छ जाडो भएर सङ्गै सुते होलान् । तेस्पछी अर्कोपट्टी फर्किएर निदाए । भोलिपल्ट बिहान को आयो भनेर सोध्छु भन्ने सोचेथे तर केटाकेटी दिमाग न हो ,भुलेछु। केही दिनपछी बिहानि हुनु अघि को अँध्यारो समय पनि म ब्युझिए यो पाली चै घर भन्दा अलि पर थुम्किजस्तो डाडाको सिमलको रुखमा गुड लाई बसेको हुचिल कराएको आवाज ले ब्युझिए ।बिहानी हुने समय हरदिन जस्तो कराउथ्यो त्यो हुचील, सुरुसुरुमा त म आत्तिएर रुन्थे तर बिस्तारै बानी पर्यो। हुचिल कराएको रुखतिर हुचिलकै आकृतिझै देख्थे म सिमलको हागा अनि पातहरु बडेमानको हुचिल जस्तो लाग्थ्यो । तेसैबेला बाले किन सुत्दैन यो भन्नुभो अनि बातिर हेरे र हेर्दा फेरि देखे आज पनि बाका साथी आएका रेछन मस्त निदाइरहेका । ठूलो जिउ मात्र देख्नेबित्तिकै म फेरि सुतिहाले ।म बच्चैदेखी एक्लोपनामा रमाउने हुनाले हत्तपत्त कोहि सङ्ग नि बात मारिहाल्न डराउथे या भनु लजाउथे  । आमैसङ्ग केही बात मार्थे तर आमै पनि मेरो हात हल्लाइको पारा बुझ्दै जवाफ दिन कैलेकाइ त झर्को मान्थिन र भन्थिन "त लाटालाइ मात्र जवाफ दिदै बसे यो कसरी भ्याउनु बाबै , जा बरु बाहिर गएर खेल " अनि म प्राय बाहिरै खेलेर बस्थे । तेसदिन बिहानै आमालाइ मैले सोध्ने प्रयास गरे कि खोइ  त बाको साथी भनेर कैयौ प्रयास गर्दा नि आमैले मैले के भन्न खोजेको फिटिक्कै बुझिनन बरु उही झर्को मान्दै भनिन " त बोल्ने मात्र भैदेको भएनी कति सजिलो हुन्थ्यो मलाइ" आमाको कुरो सुनी आफू बोल्न नसक्नुको पीडा सम्झिदै बाहिर निस्किए र केहिबेर टोलाएर बसे अनि फेरि आगनमा राती देखेजस्तै हुचिलको चित्र बनाउन थाले । तेसै राती सुत्नेबेला बाको छेउमा हेरे कोइ थिएन अब जुन दिन आउछ्न त्यो दिन चै अनुहार हेरेरै चिन्छु को रहेछ भन्ने सोच्दासोच्दै निदाएछु तर उहि हुचिलको कराइले बिहानै ब्युझिहाले अनि तेइ सिमलको रुखतिर आँखा डुलाउन खोज्दा आँखा बा को उत्तापट्टी पुग्यो आज नि पो आएकारेछन बा का साथी सधै राती आउनेरेछन क्यारे आज चै यिनको अनुहार हेर्नपर्यो बिहान सम्म ननिदाइ बस्छु भनेर आँखा चिम्लेजस्तो मात्र गरेर बार्दलिको खुला ठाउबाट देखिने आकासका तारा नियाल्दै बसे ,बा सदा झै मस्त निदाइरहनुभएको थियो तर एकैछिनमा धेरै आँखा नहेर निदाउने गरि सुत निद्रा नपुगे बिरामी परिन्छ भन्नुभो म छक्क परे हैन यी बा ले निदाइरहदा नि कसरी था पाउँछन् म ब्युझेको भनेर। अनि आँखा पुरै चिम्लेर सुते। म सुत्ने बित्तिकै बा का साथी खाट्बाट उठेझै लाग्यो अनि बार्दलिको पल्लो छेउको भर्याङ्ग्तिर पुगे झै लाग्यो मैले हत्त न पत्त को रहेछ भनी हेर्दा त म छक्क परे मैले आजसम्म नदेखेको मान्छे थियो त्यो भर्याङ्गबाट तल झर्दै जादा उस्को कम्मरभन्दा माथिमात्र मैले देख्न भ्याए सेतो कमिज बिहानी हुनुअघिको अध्यारोमा पनि धपक्क बलेझै देखिइरहेथ्यो तर अचम्म त्यो मान्छेको टाउको नै थिएन या भनौ देखिएन अध्यारोले म एकछिन जिल्ल परे अनि फेरि सोचे कि मेरो मुखमा बोली नभएजस्तै त्यो व्यक्तिको नि शरिरमा टाउको रहेनछ ,अनि म अरुसङ्ग बात मार्न लजाएझै उ पनि दिउँसो अरुसामु आउन लजाउदो हो तेसैले सधै राती हिडेको होला। भोलिपल्ट दिउँसो मैले त्यही व्यक्तिको चित्र कोरे कमेरोले पोतिएको घरको भित्तामा कालो अङ्गार प्रयोग गरेर । मेरो चित्र देखेर आमाले कराउनुभो "घरको भित्ता अङ्गारले केर्न हुन्न अलच्छिन लाग्छ " आमा म तिर कराउदै गर्दा बा ले नि त्यो चित्र देख्नुभो र सोध्नुभो "के बनाको यो टाउको नभा मुर्कट्टा जस्तो त्यो पनि घरको भित्तामा बरु मान्छे बनाउनु नि " बाको कुरो सुनेर मलाइ लाग्यो कि हररात आउने बा को साथिको नाउ मुर्कट्टा हो अनि बालाइ उस्को चित्र मननपर्नुको कारण सायद सधै राती अर्काको घरमा आउने भएकोले होला । तर फेरि बालेथप्नुभो "मुर्कट्टा बनाउन हुन्न घरमा राती आएर खान्छ फेरि " टाउको नभाको मान्छेले के खान्छ कसरी खान्छ भनी म सोचेको सोच्यै भए तर आफ्ना जिज्ञासा् राख्न खोज्दा बा आमाले राम्ररी बुझ्नसक्नुभएन ।मलाइ फेरि त्यो मान्छेले खानेकुरा कसरी खान्छ जान्न मन लाग्यो तर उ त मध्यरात भएपछी सुरुसुरु बा को छेउ आएर कसैलाइ केइ नभनी पो सुत्यो निदाइरहेका बाले म ब्युझेको त कति सजिलै था पाउनुहुन्थ्यो तर त्यो व्यक्ती आएको चाल नै पाउनुभएन ।म अचम्ममा परे।
बाको साथी नै सम्झेर मैले यो कुरा तेति वास्ता गर्न छोडे समय बित्दै गयो, बाको साथी आउने अनि उस्को बारेमा कसैले कुरो नगर्ने क्रम नि तेत्तिकै चलिरह्यो, लगभग एक वर्ष को समय मा धेरै उतारचढाव आए कुइकेल बाजे बिते, तल्लाघरे काकाले काकी ल्याए ,

एकदिन बिहान जब म बाको साथी घरबाट हिडेको याद गर्दैथे तेस्को एकैछिनपस्चात हाम्रो घरभन्दा अलि पर बासको झ्याङ्ग मुनिको कुवामा एउटा कहालिलाग्दो  चिच्याहट सुनेर घरका सबै ब्युझिए। के भो भनी हेर्न जादा तल्लाघरे काकी सबेरै पानी लिन जादा भुत देखिन अरे भनेर हल्ला फैलियो । भुत कस्तो भन्दा सेतो कमिज लगाएको एकसुरले हिडेको टाउको नभएको बाकी सब मान्छे नै जस्तो ,यो घटनाले धेरै दिन गाउभरी डर पैदा गर्यो ,काकिको सात्तो गएछ दिनप्रतिदिन तेति राम्री काकी फुस्री हुँदै गइन र केही दिन पश्चात् तेहि निहुमा उहाको देहान्त भयो , गाउलेको अनुसार कुइकेल बाजे नि त्यही भुत देखेर बितेका रहेछन अनि पुड्के दमाई पनि राती राती गाउँ चहार्दा तेइ भुतलाइ को हो भनी बोलाएकोले रगत छादेर मरेको रे , गाउले ले काकिको मृत्यु पश्चात् यस्ता थुप्रै घटना सुनाउन थाले ,उनिहरु सबले भनेअनुसार त्यो भुत होइन मुर्कट्टा हो रे अनि जस्ले तेस्लाइ देख्छ त्यो एकदिन मर्छ रे , मेरो मनमा छुट्टै त्रास छाउन थाल्यो तेस्दिनदेखी किनकी त्यो मुर्कट्टा यानिकी जस्लाइ मैले मेरा बाको साथी सोचेथे उस्को कारण नै सबै मान्छे मरेको भन्नेमा म बिस्वस्त भए र तेहि निहुले मलाइ पनि अनौठो किसिमको बिमारिले समात्यो म घरमा बस्नै नसक्ने भए  । एक दिन धामिले तेरो छोरोलाइ यो घर देखि टाढा लैजा नत्र अकालमा मर्छ भनेपछी बा ले मलाइ सहरमा लगेर राख्नुभो गाउकै चिनेजानेको इश्टमित्रकोमा अनि म त्यही हुर्कन थाले , बाको साथी देख्न छोडेपछी म बिस्तारै सामान्य अवस्थामा फर्किए तर स्कुल छुट्टि हुदा जब घर जान्थे फेरि बाको साथी देख्थे र बिरामी पर्थे । मर्छुकी भन्ने डरले मलाइ निकै कमजोर बनाउथ्यो । आफ्ना सबै कुरा बा आमालाइ बताउन नि सक्तिनथे सायद बोल्न सक्ने हुदो हु त सब मजाले सुनाउथे होला तर आफ्नो बोली थिएन घर जाने कुरोमात्र हुदा नि मलाइ सार्है पिर पर्थ्यो। तेसैले केही वर्ष घर गएनी पल्लाघरे काकाकोमा सुत्थे । बिस्तारै हुर्कदै गए अनि अलि बुझ्ने हुन थालेसी आफ्ना सबैकुरा डाएरिमा लेख्न थाले । एकदिन बा लाई यो डाएरी देखाएर सोध्नेछु कि बा तपाइको साथी साच्चै मुर्कट्टा हो त भन्ने लाग्थ्यो। हेर्दा हेर्दै दस कक्षा को जाँच दिएर म तीन महिनाको लागि घर गए यो पाली घरमै सुत्ने भए । अब त केही नहोला भन्ने पनि थियो किनकी यो अन्धविश्वास बारे कुराहरु पनि त मैले बुझ्न थालेको थिए। तर जति डर मान्दिन भने पनि भित्री मनमा एककिसिमको कम्पन सधै महसुस हुन्थ्यो । यो पाली बालाइ मेरो डाएरी देखाउछु भनी सोचे अनि एकदिन राती सुत्नुअघी देखाए पनि तर बाले वास्तै नगरेजसरी खाटमा पल्टिनुभो र निदाउनुभो भोलिपल्ट बिहान पनि बाका साथी उसैगरी उठेर गएको मैले चाल पाए तर उनिसङ्ग अर्को एउटा छायाजस्तो चिज पनि हिडिरहेझै देखे जस्ले मलाइ फर्की फर्की हेरेझै पनि लाग्यो ।म डरले मुख छोपेर सुते ।भोलिपल्ट बिहान म ब्युझदा आमैले बालाइ चिया पिउन बोलाउदै हुनुहुन्थ्यो तर बा त मुढो लडेजसरी लडिरहनुभो फेरि कैलेइ ब्युझनुभएन । बा को त्यो अवस्थाले आमालाइ पनि एकोहोरो बनायो। आमा बोल्नै छोड्नुभो । बाको काजकिरिया सकेर म त्यही खाटमा सुतेको थिए दिमागमा कुरा खेलाउदा खेलाउदै म निदाउन पुगेछु तर बिहानी फेरि उहीँ हुचिलको हु...हु... आवाजले ब्युझिए र हेर्दा बाको साथी त त्यही म सङ्गै सुतेका .....


डाएरिको कथा बिना उत्तर टुङ्गिएको थियो । हाम्रो टोलि आत्तिएका थिए ,साझ परिसकेको थियो , सबै साथी एक्कासी एकोहोरिए म उनिहरुलाइ देखि झन त्रसित भए , चारजना साथिमा पाचौ कोहि थपिएजस्तो भान भो एसो दायाँ फर्किए डाएरिमा बयान गरिएको बाको साथी जस्तै दुरुस्तै त्यही थियो म चिच्याउदै उठे र बेतोडले भागे र भाग्दा भाग्दै सोचे म कसरी बचे अनि छातिमा केही ढक ढक आवाजले ध्यान तान्यो र हेरे बच्चै देखि लगाउने गरेको रुद्राक्षमाला मेरो कुदाइको कारण उफ्रीरहेको रेछ तेस्ले केही सन्तुष्टि दियो अनि गायत्री मन्त्र जप्दै कुदे .....

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग