Skip to main content

Posts

Showing posts from September, 2020

Random thought

  अरुको कथामा देख्न खोज्दाखोज्दै आफुलाइ मैले आफ्नै कहानी लेख्न भुलेछु अरुलाइ आफ्ना खुट्टामा उभिएको देखि रमाउदा मैले आफ्नै गोडाले टेक्न भुलेछु अरुले बर्णन गरेको सन्सारमा हराउदा हराउदै मैले आफ्नै परिवेश डुल्न भुलेछु अरुको चियोचर्चो अनि देखासिकी गर्दागर्दै मैले आफैभित्र भुल्न भुलेछु अरुको दुखमा ताली बजाउदा बजाउदै मैले आफ्नै पिडामा रुन भुलेछु छेपारोझै हरकही रङ्ग फेर्न खोज्दाखोज्दै मैले आफू मान्छे हुन भुलेछु।।

सोचाइका कुरा

  के गर्ला यदि मेरो वर्तमान ले मेरो भुत सङ्ग भेट्यो भने? पिडामा तड्पिरहेको बेला, नआत्तिए केही क्षणमा आनन्द पनि आउँछ भन्ला? या खुसिमा मात्तिएको बेला, धेरै नफुर्की भनी त्यसपछि आउने दुखबारे सावधान गराउला? झिनो उल्झनले दिनरात सताउदा , सुल्झन भेटेसी फिस्स हास्नेछस भन्ला ? या सानो कुरामा बडो घमण्ड गर्दा, पछुताउनुछ अब भनी चिन्तित होला? अपनत्व बढ्दै जादा , त्यो त केवल क्षणिक हो भनी बुझाउला? या घृणा छ जो सङ्ग , उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउला? संघर्ष गर्दै जादा , कतिऔ पटकमा सफलता मिल्नेछ भनि बताउला? या भाग्यको भरपर्दा , थोरै उपलब्धी पछि फेरि सुन्यमै पुग्ने बाटो हिडाउला ? भेटदा कसैसङ्ग , यो नै अन्तिम भेट हुनेछ भनी थाहा देला? या तर्किदा कोइसङ्ग, बार बार एउटै बाटो पर्नुछ भनी गिज्याउला?

random

  हुन्छन नि भावनाहरु सोचाइहरु जस्तै हरदिनका भोगाइहरुबाट उब्जिएका के त अनि कथाहरु जस्तै बिस्तृतमा अझ भुमिका बाधी सुनाउन मन भएका कुनै पीडा जस्तै रुदै रुदै आँसु सङ्गै पोखिदिउ झै लागेका तर को छ र? जो सङ्ग ढुक्क भै सारा कुरा गर्न सकु भावविह्वल भै मनभरिका कुरा गर्न खोजु तर त्यहिनिर पलाउछ अर्को भाव के सुनाएका कुरा यहाँ सुनिन्छ के जुन शब्दमा बुझाइयो त्यै अर्थमा बुझिन्छ प्रश्नचिन्ह छ यस्को महत्त्वमा पनि इत्ति ठाउँ पनि पाउदैन इत्रो सानो भावले यत्रो ठुलो सन्सारमा अनि वस जम्मा हुँदै जान्छ मनकै भित्तामा ,भान्साको कुनामा ध्वाँसो जमेझै साना साना भाव कुन दिन घुटन बन्छन तड्पिरन्छन उसैउसै सोच्छु म, एक्दिन ती सब विस्फोट भए के होला??