के गर्ला
यदि मेरो वर्तमान ले
मेरो भुत सङ्ग भेट्यो भने?
पिडामा तड्पिरहेको बेला,
नआत्तिए केही क्षणमा
आनन्द पनि आउँछ भन्ला?
या
खुसिमा मात्तिएको बेला,
धेरै नफुर्की भनी
त्यसपछि आउने दुखबारे सावधान गराउला?
झिनो उल्झनले दिनरात सताउदा ,
सुल्झन भेटेसी फिस्स हास्नेछस भन्ला ?
या
सानो कुरामा बडो घमण्ड गर्दा,
पछुताउनुछ अब भनी चिन्तित होला?
अपनत्व बढ्दै जादा ,
त्यो त केवल क्षणिक हो भनी बुझाउला?
या
घृणा छ जो सङ्ग ,
उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउला?
संघर्ष गर्दै जादा ,
कतिऔ पटकमा सफलता मिल्नेछ भनि बताउला?
या
भाग्यको भरपर्दा ,
थोरै उपलब्धी पछि फेरि सुन्यमै पुग्ने बाटो हिडाउला ?
भेटदा कसैसङ्ग ,
यो नै अन्तिम भेट हुनेछ भनी थाहा देला?
या
तर्किदा कोइसङ्ग,
बार बार एउटै बाटो पर्नुछ भनी गिज्याउला?
Comments
Post a Comment