छाती अझै भारी छ घाँटी कसिएझै आखाहरु टोलाउछन यो सोच्दै देखिन्छौ कि कतै अह मलाइ बिस्वास छैन अझै कि मैले बिस्वास गर्न नसक्ने घटना घटिसकेको छ जुन तस्बिर आफ्नो सामु राखी हेरिरहेछु तेस्को भौतिक अस्तित्व मेटिइसकेको छ दुनियालाइ त मैले गुमाए भनेकोछु तर मानेको छैन मैले औपचारिकताको कागज दर्ता पनि भयो तर साचो ठानेको छैन मैले कुरैकुरामा अझै निस्कन्छन बाउहरुका कुरा अघि सर्छु म सुनाउन यस्ता छन र उस्ता भन्दै अकमकिन्छन साथी मलाइ देखि ,भन्छन "छन" होइन "थिए" भन, घटना पछिको दिन गन्दै मौनताको सिमा घन्टौ पर पुग्छ तर मन भने एकैकुरोतिर घुम्छ मनमा एउटा छ अमिलो भाव साएद पछुतो जस्तो पाइन पूरा गर्न छोरो हुनुको अन्तिम कर्तव्य निर्दयी समय कस्तो यसरी त हुदैन सधै ,सझाउछ कोहि सझिनुहुन्न धेरै बितेको कुरा जो केवल अब सम्झनामै रहे ,उसैलाइ नसम्झिउ दुनियाको कस्तो सम्झाउने कुरा देखाउछु खुसी जस्तै भै दुनियालाइ व्यर्थ चिन्ता किन गरोस भनी लुकाउछु आँखा ओठ च्यातेपनी भक्कानिन्छु फेरि एकान्तमा उही मुहार सम्झी
म आफ्नै दुनियामा हराइरहदा को पलहरुलाइ मेरा औलाहरुले किप्याड को माध्यम बाट स्क्रीनमा उतारिदिन्छन र तिनिहरुलाइ म यहाँ टास्नेगर्छु....