Skip to main content

Posts

Showing posts from April, 2020

कति कुरा

कति छन कुराहरु भन्नमनलागेका तिमी भन त भन्छौ तर के साच्चै तिमी सुन्न चाहन्छौ?? कति छन कुराहरु सोध्नमन लागेका तिमी सोध त भन्छौ के मैले चाहेकै जवाफ दिन सक्छौ? तिम्रो त्यो हसाइ तिम्रो त्यो बोलाइ कल्पेरै बित्ने तिम्रो त्यो पर्खाइ बोलेरै बताउन नसकुला म तर के तिमी मनैले बुझिदिन सक्छौ? देख्दा ,सुन्दा अनि छुदा तिमिलाइ शरिरको त्यो नौलो संचालन ठ्याक्कै अर्थ दिने शब्द नभेटुला के सुस्तरी आँखा झिम्क्याइदिन सक्छौ? हुन्छौ नि एक्कासि गाएब कैलेकाइ त्योबेलाको तड्पन र बेचैनी बोली त मेरो घाटिमै अड्केला के तिमी अङ्गालो मारिदिन सक्छौ?