हुन्छन नि भावनाहरु
सोचाइहरु जस्तै
हरदिनका भोगाइहरुबाट उब्जिएका के त
अनि कथाहरु जस्तै
बिस्तृतमा अझ भुमिका बाधी सुनाउन मन भएका
कुनै पीडा जस्तै
रुदै रुदै आँसु सङ्गै पोखिदिउ झै लागेका
तर को छ र?
जो सङ्ग ढुक्क भै सारा कुरा गर्न सकु
भावविह्वल भै मनभरिका कुरा गर्न खोजु
तर त्यहिनिर पलाउछ अर्को भाव
के सुनाएका कुरा यहाँ सुनिन्छ
के जुन शब्दमा बुझाइयो त्यै अर्थमा बुझिन्छ
प्रश्नचिन्ह छ यस्को महत्त्वमा पनि
इत्ति ठाउँ पनि पाउदैन
इत्रो सानो भावले
यत्रो ठुलो सन्सारमा
अनि वस जम्मा हुँदै जान्छ
मनकै भित्तामा ,भान्साको कुनामा ध्वाँसो जमेझै
साना साना भाव कुन दिन घुटन बन्छन
तड्पिरन्छन उसैउसै
सोच्छु म, एक्दिन ती सब विस्फोट भए के होला??
Comments
Post a Comment