झ्यालबाट जूनले चिहाइरहेछ
कस्तो यो संयोग मिलाइरहेछ
उ पनि जागा म पनि जागै
आउदैन निदरी
कुरो छ मनभरी
शितल हावा सुसाइरहेछ
यो रात पनि मुस्काइरहेछ
कानभरी गुन्जने अनौठो भाका
आउदैन निदरी
हराउछु यसरी
झ्यालैनिरको त्यो फूलको बोट
बोटमा फूलेको उसैको फोटो
नाचिरहेछ लाग्ला कि चोट
आउदैन निदरी
पिर छ मनभरी
जूनलाई साथी कति छन तारा
कल्पेर बस्नुछ उस्को सहारा
यादै रहन्न दुनिया सारा
आउदैन निदरी
सम्झना भैरनी
भन्नुमात्र हो चारभित्ता बिच
मन उडेर सन्सारै डुल्छ
रोक्न पनि त त्यसै सकिन्न
आउदैन निदरी
खेल्दछ मन फेरि
कस्तो यो संयोग मिलाइरहेछ
उ पनि जागा म पनि जागै
आउदैन निदरी
कुरो छ मनभरी
शितल हावा सुसाइरहेछ
यो रात पनि मुस्काइरहेछ
कानभरी गुन्जने अनौठो भाका
आउदैन निदरी
हराउछु यसरी
झ्यालैनिरको त्यो फूलको बोट
बोटमा फूलेको उसैको फोटो
नाचिरहेछ लाग्ला कि चोट
आउदैन निदरी
पिर छ मनभरी
जूनलाई साथी कति छन तारा
कल्पेर बस्नुछ उस्को सहारा
यादै रहन्न दुनिया सारा
आउदैन निदरी
सम्झना भैरनी
भन्नुमात्र हो चारभित्ता बिच
मन उडेर सन्सारै डुल्छ
रोक्न पनि त त्यसै सकिन्न
आउदैन निदरी
खेल्दछ मन फेरि
Comments
Post a Comment