Skip to main content

भुत s t o r y

First blog
No idea
So
Sharing one of the facebook post

Hope you guyz like it

Dont forget to put ur views in the comment box



यो धेरै अघिको कुरा हो भनेर सुरु नगरी भुतको कहानी डरलाग्दो नहुने जस्तो लागेर यो वाक्यबाट सुरु गर्दैछु सत्य हो कि काल्पनिक आफै छुट्याउनुहोला , डरलागे काल्पनिक र नलागे सत्य ठान्नुहोला किनभने सत्यसङ्ग कैलेनी डराउनुहुन्न
धेरै अघिको कुरा हो सहरको भिडभाड अनि कोलाहल बाट धेरै टाढाको शान्त अनि सुन्दर कुनै गाउमा पुग्ने मेरो पहिलो अवसर को फाइदा उठाउदै म पुगेको थिए एक गाउमा , २२ वटा वसन्त सहरको धुलोमैलो हावापानी अनि आधुनिक सोचाइ सङ्ग पार गरेको म पहिलोपल्ट गाउको स्वच्छ मौसम र रुढिवादी सोचाइ भित्र बिताउदै थिए एक अयब वा भनौ डाक्टरको रुपमा, मेरो बसाइ पाच गाउको केन्द्र जस्तो अलिकती बजारजस्तो ठाउमै थियो तर कतै कोहि बिरामी भैहाले जुनसुकै समय जुनसुकै ठाउँ पुग्नुपर्ने हुन्थ्यो, कहिले मान्छे लिन आउथे त कहिले एक्लै सुचना अनुसार बाटो खोज्दै जानुपर्ने हुन्थ्यो , प्राय नजिकका सबै गाउँमा म पुगिसकेको थिए तर एउटा गाउको चै केवल नाउ सुनेको थिए "सल्लेरी"अनि केही भनाइ हरु पनि सुन्न पाइन्थ्यो बेला बखतमा तेस गाउको बारेमा जसमा प्राय भुत र किच्कन्डिका कहानिहरु धेरै पर्थे , तेति धेरै भुतमा विस्वास नगर्ने भएपनी कैलेकाइ राती मुत्रबिसर्जन गर्न करेसामा निस्किदा तेसभन्दा माथिल्लोपट्टी डिलको ढिस्कोमा एकनासले हल्लिरहेको सेतो बस्तुले जिउ सिरिङ्ग बनाउथ्यो अनि भोलिपल्ट घाम ताप्न तेइ डिलछेउ पुग्दा त्याहा देखिन्थ्यो अघिल्लो दिन कुनै भरियाले फालेको थोत्रो धोक्रो कुनै झारमा अल्झिएर हावासङ्गै हल्लिरहेको... अनि मेरो मनबाट भुतको बारेमा अलिअली बाकी रहेको बिस्वास पनि घट्दै जान्थ्यो, यो केइ होइन झै लाग्थ्यो..
एकदिन सदाझै दिउँसो बजारको बिचमा रहेको चौतारिमा केहिबुढापाका हरु तेहि सल्लेरी गाउँ त्याहा जाने बाटो ,अग्लो कहालिलाग्दो पहरो ,चिहानडाडो, कालो खोल्सो, घना बासघारी, त्याहाबाट निस्किने अचम्मका आवाजहरु अनि तेहि बासघारिको २00 मिटर जति माथिल्लो पट्टि रहेको एक घर जस्मा भएका केवल एक बुढिआमै र उन्कि बुहारि को बारेमा कुरा गर्दैथे उनिहरु भन्दै थे छोरोचै लाहुर गएको ६,७ वर्ष पछि पोहोर फर्किएको तेइ नि के भएर हो कुन्नी आएको केही महिनामै घरमुनिको चिलाउनेको रुखमा झुन्डिएर मर्यो , पछि चिलाउनेको रुख त काटे तर तेस्को छोरोको आत्मा अझै रुन्छ रे त्यो ठुटोको फेदमा तर पनि ती सासुबुहारी कसरी बस्न सकेका त्यो एकान्तमा त्याहा त खुब तर्साउछ रे , नजिक कुनै घरपनी त छैन, सधै तर्साउने भएर बुढी आजकल खुब बिरामी पर्न थालेकी छ रे अब त्यो दुइजिउकी बुहारिले आफुलाइ स्याहारोस कि सासुलाइ? त्यामाथी रातभर तर्साउछ राती केइ परे कस्लाइ खोज्न जानू कस्ले सहयोग गर्नु....
यस्ता कुरा सुनेर एकछिन त म आफैलाइ डर लाग्याजस्तो भो अनि फेरि सम्झिए बुढी त बिरामी छ रे मनमनै जपे हे प्रभु त्यो बुढिलाइ त्यही ठिक बनाइदेउ राती राती त्यो बाटो हिड्नु चै नपरोस सुन्दै डरलाग्दो छ
अगिभन्दा अलि बढी डरलाग्याजस्तो अनुभव भो अनि बुढाहरुको गफमा डिस्टर्ब गर्दै भने हैट ऐलेको जमानामा पनि के कुरा गरेको तेस्तो भुत सुत भन्ने केइ हुन्न बेकारमा नहुने कुरामा डराउन हुन्न
तेसैमध्य एउटा बुढाले मलाइ अलि टेढो आखाले हेर्दै भने डाउटर बाबू नहुने भए हामिले गर्छौ यस्तो कुरो कुनदिन तपाईंले भोग्नुहुन्छ अनि था हुन्छ , बुढाले आफै भुत हु भनेझै चेतावनी पो दिए अनि म चुप भए।।
जतिसुकै ठूलो कुरा गरेनी त्यो डिलको बोरा हो भन्ने था हुदा हुँदै नि हररात जिउ सिरिन्ङ्ग हुन्थ्यो मेरो खै किन डराउदिन भन्दानी डर लाग्थ्यो आफैलाइ अचम्म लाग्थ्यो झन त्यो रात त मुत्रबिसर्जन पनि आगनकै डिलमा गरिदिए करेसामा जान नि आट आएन मुत्दामुत्दै छेउमै एउटा कालो बिरालो को आँखा पहिले चम्कीए अनि फेरि उस्को जिउ देखियो त्यो ठाउमा तेस्तो किसिमको बिरालोलाइ छौडाको रुपमा चिनाउथे मान्छेहरु म पनि हो न हो छौडै आएछ क्यारे भन्ने सोची डराउदै मुत्दै थिए तेत्तिकै मा तेस्को म्याउ अनि म तिरैको उफ्राइले मेरो सात्तो गयो वीर या छौडाले त एक्लै पायो भने घाँटी च्यापेरै मार्छ भन्ने पनि सम्झिए हत्त न पत्त कुद्न खोज्दा पिढिको थाममा टाउको ठोकियो र नमजाले पछरिए तै पनि हस्याङ्फस्याङ गर्दै भित्र कोठामा पुगे र ढोका लगाएर लामो सास फेरे मुटुको धड्कन भने तेस्पछी पनि लग्भग साढेसात मिनेट उहीँ गतिमा धड्किरह्यो भट्याकभट्याक गर्दै ..
अनि पो था भो अगि मुत्दामुत्दै कुद्नेहुदा अलिकती बाकिरहेको पिसाब त पाइन्टमै चुइएछ ...
आफ्नो स्थिती देखेर आफैलाइ बिजोग लाग्यो भोलिपल्ट स्वास्थ्य चौकिमा बसेर फाट्टफुट्ट आउने बिरामिहरुलाइ जाच्दै अनि बेला बेला अघिल्लो दिनको सम्झना गर्दै दिन बित्दै थियो आकासमा कालो बादल छाएको थियो, पानी पर्ला जस्तो भएको कारण धेरै जसो मानिसहरु हतारमै देखिन्थे, तेत्तिकैमा सल्लेरी गाउँ कै एउटा बुढा धानको भारी बोकेर मिल जाँदै गर्दा अलि ठूलो स्वरले मलाइ बोलाउदै भन्न थाले डाउटर बाउ सल्लेरिको लाहुरेकी आमा बिरामी भएर उठ्न नसक्ने भाछे रे गैदिनुपर्यो रे
मैले आफ्नो अगाडिको बिरामि बच्चोलाइ नियाल्दै हस भनिदिय तर  अगाडिको बिरामीबच्चाको आमाले भने मलाइ अस्वभाविक ढङ्गले हेर्दै भनी डाक्टर साप त्यो घरमा त तर्साउछ रे भन्छन छिटै घाम नअस्ताउदै जानुस है अस्ति हाम्रो उहालाई त साझमै समातेछ हप्तादिन बिरामी भएर सुत्नुभो झारफुक गरेसी बल्लबल्ल निको भो ख्याल गर्नुस है, अनि पो म झसङ्ग भए जुन घरमा जाने निम्तो नआओस भनेको तेहि घरमा जानुपर्ने भो एसो घडी हेरेको साढे ३ भैसक्या रेछ अनि चौतारो वरपर आँखा डुलाए ५ जना बिरामी रहेछन , हतार हतार गरेर ५ जनाको उपचार गरिवरी खाजा खादा ५ बजिगो घाम डाडामै पुग्न लागिसकेको , सोचे बिहानको बुढासङ्ग जानुपर्ला फेरि सोचे ह्या ती बुढालाइ कुरुन्जेलमा त म निकै माथी पुगिसक्छु फेरि फर्किनु पनि त पर्यो , यति सोचेर दुई बोतल सलाइन अनि अरु सामान्य औषधिहरु बोकि लागे उकालो , खोला छेउ पुग्दा घाम डुबिसकेको थियो ,खहरे खोलो खासै ठूलो थिएन तर वरिपरि झ्याम्मिएका उत्तिसका रुखहरुले दिउसै अँध्यारो बनाउनेखालको ठाउँ थियो, खोलो तरेको मात्र के थिए बेस्सरी हुरि चल्न थाल्यो, रुखबाट सुकेका हागा र पातहरु खस्न थाले र म अलिकती सुरक्षित ठाउँ खोजेर  एकछिन अडिए , हुरि रोकिदासम्म रात परिसकेको थियो अनि झोलाबाट टर्च निकालेर बाले र तेस्कै उज्यालोमा हिडिरहे , म हिडेको बाटोभन्दा माथी अजङ्गको पहरो थियो देख्दै डरलाग्दो, पहरो कटेपछिको डाडो चिहान डाडो थियो त्यो सम्झेरै डर लाग्दैथ्यो एक्कासी पानीको छिट्टा कानमा पर्दा झसङ्ग भए, हत्तन पत्त छाता निकालेर ओढे तर छाता ओढ्नु औपचारिकता मात्र भयो हुरिले उडाएको बाङ्गो पानीले म निथ्रुक्कै भिजे ,कुदेरै चिहान डाडोसम्म पुगे धन्न त्याहा तिर चै पानी अलि कम परेको रहेछ तर अचम्म के भने त्याहा ठाउँ ठाउमा आगाको झिल्काहरु निक्लिरहेथे तर आगो बाल्ने मान्छे भने कोहि थिएन राके भुत भन्ने सुनेथे सायद यहि हो जस्तो लाग्यो र झन छिटो गतिमा कुद्न थाले, मेरो मुटु पनि शरीर बाट बाहिर निस्केर म सङ्गै कुदिरहेको जस्तो गरि आवाज आइरहेथ्यो त्याहासम्म त जसोतसो आफ्नोडरलाइ काबुमा राखेथे तर तेसपछी आयो एउटा ठूलो बासघारी जहाँ पुग्ने बित्तिकै मेरो कानमा पर्यो एउटा अचम्मको चिच्याहट आमा मरे आमा मरे आमा मरे भन्दै एकोहोरो कराएको त्यो अवाज लगभग 3,4 मिनेट आएर रोकियो म टक्क अडिए र अगाडि बढ्नु कि फर्किनु को दोधारमा परे , अब त पाच मिनेट मा आइपुग्नु पर्ने हो त्यो घर यति नजिक आएर फर्किनु उचित हुन्न भन्ने लागेर पाइला अगाडि बढाउन मात्र के आटेथे लग जा गले से ......भन्दै सुरिलो स्वरमा गित पो गुन्जिन थाल्यो म झन झस्किए त्यो लाहुरेले हिन्दी गित सुन्ने गर्थ्यो रे सायद येस्कै भुत हुनुपर्छ यो , मैले त्यो बासघारिलाइ छेकाटो हानेर अलि परबाट उक्लिएर माथिल्लोपट्टिको बाटोमा पुगे अगिको आवाज कम भएछ अनि म दुई कान्लामाथिको डिलतिर अगाडि बढ्नै लाग्दा एउटा सेतो कपडामा बेरिएको मान्छेजत्तिनै उचाइ को ठिङ्ग उभिएको देखे ठ्याक्कै मेरो सामु , आत्तिएर हाम्फाल्दा अर्को कान्लोतिर पुगेर चिच्याउन थालेछु बचाउ बचाउ भन्दै तर कस्ले सुनोस मलाइ त्याहा झन बच्चा रोएजस्तो आवाज पो आउन थाल्यो झन झन आत्तिएर कुद्नेहुदा एउटा डिलमुनी पुगे र माथी उक्लदै थे खङ खङ खोकी को अवाजले फेरि सात्तो लियो यसो डिलमाथी हेरेको मानव आकृती फेरि पनि मेरो सामु थियो उसैगरी ठिङ्ग उभिएको तर यो पाली अगिको भन्दा अलि होचो र केही चल्मलाइरहेको त्यो आकृती मेरै अघि आयो र निहुरिएर उस्को त्यो कालो मुहार मेरै सामु ल्याएर मलाइ नियाल्यो म बेहोस हुने अवस्थामा पुगिसकेको थिए तर एकछिन नियालेपछी तेस्ले बोल्यो डाउटर बाबू हो कि क्या हो??
दिउसै आउनुपर्छ नि
यति राती दुख पाएर नि हुन्छ त
सायद लाउरेको आमा पो रैछिन ।
म एकोहोरो टोलाएको देखेर उन्ले भनिन दुनिया ले नभाको पिसाच को कुरो सुनाएर यहाँ आउने जति सबैलाइ अत्याउछन हेर तपाइको नि सात्तो गए जस्तो छ भन्दै मलाइ डिलतिर डोर्याइन र डिलको कुनामा उन्को घर रहेछ तेहि भित्र जान इशारा गरिन , उनी भन्दै थिइन एक हप्ता भो कमजोडी भाको कैले त उठ्न नि सक्तिन थे आज बुहारी सुत्केरी भै तेइ भएर सकि नसकी उठे , नाति लाई पहिलोपटक उस्को बाउले सुन्ने गरेको गित सुनाउछु भनेर क्यासेट बजाउदै थि बाहिर कोहि आत्तिएर कराए जस्तो सुने र निस्केको दिउँसो सुकाएको फरिया पनि समाउन खोज्दा खोज्दै हुरिले उडाएर उ तल्तिर ठुटोमा पुर्यायो ,को कराएछ हेर्छु भन्दा भन्दै नाति रुन थाल्यो अनि यत्तिकै अल्मलिए , डाउटर बाबुले दुख पाउनुभो यो बुडिको कारणले माफ गर्नुहोला है ,

उन्को कुरो सुनेपछी मैले बासघारिको चिच्याहट , त्यो गित अनि सेतो लुगाको ठिङ्ग उभिएको मान्छे सब बुझे अनि आफैमा दया लाग्यो यत्तिकै डराएकोले
एकछिन आराम गरे
र बुडिलाइ सामान्य जाँच गरे प्रेसर लो भाको रेछ एउटा ग्लुकोज चढाउन अनि राम्रो सङ्ग रसिलो खाना खान सल्लाह दिए र तेस रात तेहि बसे।भोलिपल्ट बिहान यसो आफुलाइ नियाले कुइनोमा नि घाउ लागेर रगत कट्कटिएको रहेछ लुगा नि कतै कतै च्यातिएछ अनि आफैलाइ बिचरा सम्झिदै अब चै भुत भनेर डराइन्न भन्ने सोच्दै फर्किए , फर्किदा बाटोमा चिहान डाडा आइपुगेसि याद आयो हिजो देखेको राके भूत, अरुको त रहस्य खुल्यो तर तेस्को खुलेन दिमाग एकोहोरियो अनि फेरि मुटु ढुक्ढुक गर्न थाल्यो अनि बेतोडले कुदे ........
अनि म जति कुद्थे तेति नै हल्लिरह्यो मेरो मुटु अनि मुटु बाहिरको सर्टको च्यातिएको खल्ती .....

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग