Hey there
Mid night ,the time when I can think more than what I think I am capable of ....
मलाइ सबैभन्दा मनपर्ने मौसम छ बाहिर, बरण्डापट्टिको ढोका खोलेर गड्याङ्गुडुङ आवाज र हल्का हल्का झिलिक झिलिक साथ बर्सिरहेको झरिलाइ हेर्दै आफुलाइ भुलाउन चाहन्छु म तर तेसैबखत छिमेकमा कुनै बच्चा रोएको आवाज आउँछ ,त्यो आवाजलाइ झरी र चड्कनेको आवाजले जित्नुपर्ने हो भन्ने सोच्छु म तर अह त्यो रोदनको आवाज त झनझन ठूलो हुँदै धेरै समयपस्चात झरी पर्दा आनन्दित हुन खोजेको मेरो मनलाइ डिस्टर्ब गर्ने दुश्प्रयास गर्दैछ। झरी को आवाज र तेस सङै बहेको चिसोचिसो बतासमा हराउन खोजिरहेछु म तर त्यो रोदनको आवाजले मलाइ भेट्टाइहाल्छ,आकाशको त्यो सेतो तुवाँलो भित्र लुकेका कल्पनाहरुको खोजी गर्न थाल्छु म तर चट्याङले झै त्यो बच्चाको चिच्याहटले मलाइ ढ्याप्पा दिन्छ लुकामारी खेलेजसरी र मलाइ नचाहदानचाहदै फेरि सुरु देखि गन्ती गर्न बाध्य बनाउछ,पटक पटक ढ्याप्पा पाएर फेरि गन्ती गर्न मन नलागी दिक्क भएको डुम जस्तै भए म। मेरो मनको खुसिको आहालमा केही रिसको मात्रा देखापर्छ उम्लेको दुधमा डढेको कुराउनिको कालो भेटिएझै, अनि त्यो रिसको मात्रा बिस्तारै सुर्यमा लागेको ग्रहणझै बढ्दै जान्छ र रिसैरिस भरेर मेरो आनन्दित मनको अनुभुतिलाइ कल्पनामा सिमित पारिदिन्छ,छेपारोले रङ फेरे जसरी म पुरै परिवर्तन हुन पुग्छु आनन्दित बाट रिसाहामा र तेहि रिस कारण बन्छ मेरो र यो झरीको प्रेम सम्बन्ध बिच्छेद हुनुमा। अनि म ढोका थुनेर बर्बराउदै खाटमा पल्टिन्छु बिछ्यौना पनि अफ्ठेरो भएझै महसुस गर्छु र निदाउने प्रयास गर्छु ब्यर्थको डिस्टर्ब्ड मन लिएर तर एकाध घण्टा तेसै छट्पटिरहन्छु।यतिबेलासम्म तेस बालकको चिच्याहट रोकिइसकेको हुन्छ तर रोकिएको हुन्न मेरो मनको चिच्याहट।अन्त्यमा असन्तोषले राम्रैसङ्ग डेरा जमाएको मनदेखी एउटा युनिभर्सल डायलग निस्कन्छ-'साला सधै मलाइ नै यस्तो हुनुपर्ने'?

Comments
Post a Comment