Skip to main content

यात्रा Amazing mind travels anywhere

When other peoples are busy complaining about their surroundings the writers are busy  in their own world .... you don't believe ???

This is one short example

सास फेर्नै नसकिने गरि डुङडुङती गन्हाइरहेको पसिनाको गन्ध,झ्यालबाट भित्र पसिरहेको त्यो धुवाधुलो मिश्रित हावा र अलिकति पनि असमटाउन नसकिने कोचाइ .....यहाँभन्दा बयान गर्नु नपर्ला सायद ,मेरो स्थिति कस्तो थियो त्यो माइक्रोबसको उल्टो सिटमा बस्दा भन्ने प्रसङ्गमा ....तर दैवले जे गर्छ राम्रैको लागी गर्दो रेछ भन्नेकुरामा मलाइ त्यो अवस्थामा पनि विस्वास भयो जब मैले मेरै सामु उभिएकी एउटी दिदीको फरर परेको कपाल र हल्का चुच्चो नाकको बिचमा  भएको खाली ठाउँबाट हेर्दै आँखा डुलाउँदा अलि पर एउटा भाइको ठाडो कपाल र अर्का पुरूषको सर्टको टाँक छिनाउनै लागेको भुँडी बिचबाट एउटी आमैको हातमा झुण्डीरहेको ब्याग नजिकै एउटा मुहार देखे र त्यहि मुहारको त्यो बिहानी शितले फूललाइ सजाएझै गरि पसिनाका थोपाथोपाले सजिएको त्यो नाक जस्लाइ देख्दा मलाइ जेठादाइले रोपाँइको बेला सुन्तलि दिदीको नाकको पसिना देखेर नाका टुप्पाँ पसिना आउनेलाइ त तेस्को बुडोले औधी मुयाँ अर्छ नि भनेको याद आयो, यस्तो लाग्यो किन मुयाँ अर्दैनथ्यो त  तेस्को बुडोले ..म कहाँको मुन्छेलाइ त मुयाँ लाइसक्यो...
#यात्रा_सोचाइको

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग