Skip to main content

झरी कथा rain story

There are many things in this world which makes us remember our loved ones who are far from us. For me rain is the only thing that makes me remember her & rain is my comfort zone to write too.....
#lover_writer


आज पनि फेरि झरि पर्यो । झरिसगै मेरो दिमागमा पनि ( अँखा मा त एसै छदै थ्यो) धेरै दृश्य हरुको वर्षात हुन थाल्यो।हेरिरहेछु कोठाको वरण्डापट्टिको ढोकाबाट बाहिर कुनै ठुलै खेल जितेपछी रमाएका खेलाडिहरु जसरी रमाइरमाइ बर्षिरहेका पानीका थोपाहरुलाइ।साएद धेरै समय आकाशमा घुमेपछी बल्लबल्ल आफ्नो पुरानो हितैशी धर्तिलाइ भेट्न पाएकोले होला सार्है रमाइरहेछ यो झरी।
यो हेर्दै म पनि रमाइरहेछु आफ्नै मनको कुनामा चिहाउदै ।
मैले यो झरिलाइ येसरी हेरिरहेको छु जसरी कुनै प्रेमिले आफ्नी प्रेमिका हासेको देख्दा मौन भएर हेरिरहन्छ,उस्को त्यो मुस्कानमा हजारौ जुनि बाचेको महसुस गर्छ ,त्येइ हासोमा सारा सन्सार को खुसी पाउछ ,र घमण्ड गर्छ  एस्ति मौसम परिवर्तन गर्ने मुस्कान भएकी श्त्री उस्कि प्रेमिका हो भनेर र मनमनै धन्यवाद दिइरहेको हुन्छ भगवान लाई वा भनौ त्यही स्त्रीलाइ जस्ले उस्लाइ आफ्नो प्रेमी भनेर स्विकारेकी हुन्छे।
येदि कसैले मलाइ यसरुपमा उभिएको देखेमा पक्कै पनि यस्को ट्राजिडी परेछ भन्दो हो।तर वास्तबमा यहाँ मेरो ट्राजिडी नभएर प्रेम चै परिरहेको छ।हो मेरो यो झरी सङग प्रेम बसेको छ ,चलेको भाषामा भन्नु पर्दा लप परेको छ।
हरेक मानिसको जिवनमा एक न एक चोटि लप परेकै हुन्छ रे ( हिन्दी फिलिम ले सिकाको) । त्यो लप मेरो नि पर्यो अझ प्रथम प्रेम चै एक्दम महत्वपुर्ण  हुन्छ रे ,कहिल्यै बिर्सन सकिन्न रे। सायद त्यही भयेर होला मैले यो झरिलाइ बिर्सन नसकेको किनकी यो सङग मेरो प्रेम जो बसेको छ।तर प्रथम प्रेम नै यहि हो भन्न चै सक्दिन किनकी कोहि अरु नै थियो मेरो जिवनमा जस्को कारण उस्ले प्रेम गर्ने हरेक कुरा सङग मेरो नि प्रेम बस्यो र यो झरी पनि उस्ले प्रेम गर्ने कुरा मध्येकै एउटा त थियो नि।
उन्लाइ झरि एक्दमै मन पर्ने तर मलाई भने फिटिक्कै मन नपर्ने।उनी झरिमा रुझ्न पाइन्छ भनेर बर्षायामभरी छाता नबोकी हिड्थिन तर म भने छाता बोक्नकै लागि भनेपनी झोला बोकेर हिड्थे।रुझ्न भनेपछी एक्दमै हुरुक्क हुने उनी तर म भने बच्चै देखि पानी भनेसी सात्तो जाने। शरीर सफा राख्नुपर्छ भन्ने हिसाब ले मात्र बल्लबल्ल हप्ताको एकपटक  नुहाउथे। सनिबार केही गरि पानी पर्यो वा कुहिरो लाग्यो मात्र भनेपनी निहुँ पाइहाल्थे ननुहाउन,तेस्को लागि ठूलो सहयोगी हुनुहुन्थ्यो मेरि आमा , भन्नुहुन्थ्यो 'यस्लाइ धेरै चिसो फाप्तैन,बच्चामा धेरै निमोनिया हुन्थ्यो' तेस्पछी त के चाहियो र बस दिल खुस ..। तर हुर्केर पच्चिस वर्षको भैसक्दा आजसम्म निमोनिया भयेको चै याद छैन।
उनी म भन्दा ठिक बिपरित थिइन् ।विपरित मौसम भएको ठाउँमा हुर्केकोले हो कि भनौ भने उहिलेइ उस्लाइ सोध्दा काठमाडौमै जन्मेको  र यहि हुर्केको भन्थी ।म पनि त यहि जन्मेको यहि हुर्केको फेरि किन एस्तो फरक ?? कहिलेकाही यस विषयमा सोच्दै टोलाइबस्थे म वा भनौ परिस्थिति ले वाध्य बनाउथ्यो यस विषयमा सोच्नलाइ।
उनी र म सङ्गै पढ्थ्यौ ,एउटै कलेज , एक किसिमको गहिरो मित्रता थियो उन्को र मेरो बिच।पहिलो नजर देखि नै मलाई उन्को हरेक कुरा मन पर्न थालेको तर उन्लाइ मेरो हरेक कुरा मन पर्थ्यो कि पर्दैनथ्यो त्यो मैले कैले सोधिन, सोध्ने मौका पाइन वा भनौ मौकामा आट आएन।
हरेक कुरो मन नपरेनी मेरो मित्रता र साथ भने पक्कै पनि मन पर्थ्यो उन्लाइ ।यदि मन नपर्दो हो त हरेक बिदाका दिनमा तेत्रा साथीहरू बिर्सेर मलाइ नै किन सम्झिन्थी त घुम्न जाउँ भन्दै।
एकदिन उन्ले फोन गरेर बोलाइन भन्दै थिइन् कि कतै घुम्न जानू छ पन्ध्र मिनेट मा मेरो घर अगाडि चोकमा आउ। हुन्छ भनेर फोन रखिदिए अनि एकचोटी आकासतिर हेरे पक्कै पानी पर्छ जस्तो लाग्यो अनि बोके झोला छाता हालेर ।आमाले कता निस्केको मामाघरमा श्राद्ध छ जानू पर्छ भनु भो ।ह्या त्यो पहेलो टीका लाउन जादिन म ,तपाईं नै जानुस्  भनेर हिडे घरबाट ।बाटो भरी उसैलाइ सम्झिरहे ।गोङ्गबु बाट चक्रपथ सम्म हिडेरै गए। चक्रपथ  पुगेसी रोड क्रस गर्न लाको थे नाकको चुच्चोनिरैबाट एउटा ट्रक गयो चाबेलतिरको साइड्मा। सात्तो गयो अनि झनक्क रिस पनि उठ्यो ,एउटा बोल्न नहुने शब्द बोले तर त्यो शब्द हावामै हरायो , एसो हेरे ट्रक निकै पर पुगिसकेछ , ट्रकभरी पहेलपुर मान्छेहरु थिए सबै बोलबम बोलबम भन्दै चिच्याइरहेका, उसै त आफुलाइ पहेलो भनेसी पारो तात्ने त्याहामाथी बोलबोलबम त जिन्दगी मन नपरेको , बिनासित्ती कुदिरहने कामनपाका हरु जस्तो लाग्थ्यो, सार्है मुड अफ भो अनि झट्ट सम्झे आफ्नो गम्तव्य अनि लागे उस्को घरतिर नानाथरी फत्फताउदै।
 जब उन्को घर अगाडि चोकमा पुगे तब एउटा महामारी आयो मेरो मुटुमा, अगिका सारा तनाब एकै झट्कामा उडाइलग्यो, मेरो मन मस्तिष्क पुरै परिवर्तन भो,लाग्यो म आज फेरि जन्मिए महाराजगन्ज र चप्पलकारखानाको बिच को त्यो टोलमा । मलाइ जिन्दगिमा सबै भन्दा मन नपरेको रङ्ग पनि मन पर्न थाल्यो, मामाघरको श्राद्धको टिको नि मन पर्यो, अगिको बोलबम को लुगा नि मन पर्यो जब उन्लाइ देखे मेरो सामु पहेलो टप्स र कालो पाइन्ट्मा। त्याहा मैले त्यो आभाश पाए जुन साएदै कसैले पाएको होस।

के हेरेको तेसरी? उन्ले आखै अगाडि हत्केला हल्लाएपछी पो झस्किए अनि पो याद भो म त टोलाएछु।
लाग्यो उन्लाइ भनिदिउ कि उनि कति राम्री देखिएकी छिन्  र यश  रूपमा पनि म उन्लाइ कति मनपराइरहेको छु तर खै किन हो दिमाग ले नि सजिलो उत्तर खोज्यो 'केइ होइन' भनेर टारिदिए।
आज पशुपति  जाने है उन्ले भनिन् ।हुन्छ तर के काम छ र? मैले सोधे । तिम्रो साथी भेट्नु छ उन्ले सिधै भनिन् ।म अकमक्क परे तर जवाफ दिइहाले मेरो साथी तिमी नै त हौ।
उन्ले आखिभौ खुम्चाइन र भनिन्  'घरमा एक्लै थिए सो अल्छी लाग्यो अनि एकछिन घुमौ कि भनेर बोलाको नि तिम्लाइ'।
म फिस्स हासे।
 तिम्लाइ आउन मन थिएन र?? उन्ले सोधिन् । तिमी भन्छ्यौ भने सारा जुनि तिम्रै साथ बिताउन सक्छु भन्न मन थियो तर येसो भने'तेस्तो लाग्यो र?'
नाइ उन्ले हास्दै भनिन् ।
गफ गर्दै लाग्यौ पशुपती तिर । पशुपती को पारिपट्टि बेन्चमा गएर बस्यौ।
:क्रमस

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग