Skip to main content

दिमागी कुरो Discuss within a mind

कुनै समय म सोच्छु कि अब केही नसोचु आराम दिउ यो दिमागलाइ अनि एकैछिनमा मेरो दिमागमा एउटा सोच आउँछ यतिबेला म केही पनि सोचिरहेको छैन भनेर , अचम्म 



जुन महिनाको दिन चर्को घाम उराठलाग्दो समय सुनसान जस्तै सडक अनि अलि कम सुनसान त्यो वसपार्क को माहोल , म कुरिरहेछु १५ मिनेट पछि आउने मेरो बसलाइ वा भनौ म चढ्नुपर्ने बसलाइ बस रोक्ने भन्दा लगभग तीस मिटर पर को दुरिमा रहेको एउटा सिसौको रुखमुनी भएको फलामे बेन्चमा बसेर बस रोक्नेतिर हेर्दै अनि कैलेकाइ फाट्टफुट्ट देखापर्ने मानिसहरुलाइ नियाल्दै , कसैलाइ पर्खनुजती झ्याउ काम अरु के होला म एक्लै बरबराइरहेछु , यो बरबराइ को कारण त्यो दिमागले मानेको झ्याउ अनि त्यो झ्याउको कारण चर्को घामसङ्ग हारिरहेको सिसौको छहारी अनि छहारिमै पनि तातिरहेको मेरो टाउको कति सिस्टमेटिक छ यो बरबराइ , यो बरबराइको सिस्टम बुझेर मख्ख हुन्छु म,अनि मनमनै स्याउको रुखको फेदमा बसेर ग्र्याभिटि पत्ता लगाउने न्युटन झै ठान्छु आफुलाइ सिसौको फेदमा बसेर , बैग्यानिक नै भए  जस्तो फिल आउँछ एकैछिन अनि फेरि सम्झिन्छु हैट बैज्ञानिक त पागल हुन म कहाँ पागल सोचु आफुलाइ भनेर फेरि छोडिदिन्छु तेस्बारे सोच्न, छोडिदिएको कुराबारे सोच्न म मन गर्दिन भित्रभित्रै सोचेर मख्ख परिरहे पनि त्यो भित्र भन्दा अलिकति बाहिर चै सोच्न छोडिसके भनेर ढाट्न खोज्छु आफैलाइ ,म भित्र तेस्ता भित्रहरु कति होलान म पत्तो पाउदिन वस कैलेकाइ अचम्मित हुन्छु आफैदेखी यी भित्र भित्रै हुने विवादहरु मा कहाँ कहाँ बाट निस्कन्छन खत्रा खत्रा(मलाइ लाग्ने अरुलाइ नलाग्न नि सक्छ) तर्क गर्ने आवाजहरु , यसरि आफुभित्र रुमल्लिरहदा म झल्यास्स सम्झिन्छु म त बस कुरिरहेछु अनि जबर्जस्ति मलाइ त यसबेला अल्छी लाग्नुपर्छ भन्ने आवाज आउँछ कुनै एउटा भित्र बाट अनि रुमल्लिएका म भित्रका सबै आवाजलाइ अब अल्छी मान्नुपर्छ अझ झ्याउ लाग्नुपर्छ भनेर तेतातिर लम्क्याउन खोज्छु जबर्जस्ति प्लस टु कलेजको डि आइ ले झै तर कोहि तयार हुन्छन त कोइ पैलेकै बिषयमा रुमल्लिरहन्छन फर्गेट देम लेट्स कन्टिनिउ भन्दै प्लस टु कै बिद्यार्थी झै ,, अनि आफुभित्रको विवाद ले बाहिरी म लाई  ज्याद्रो ह्याङ्ग बनाउछ अनि दोस दिन्छु त्यो घामतिर हेर्दै साला कति चर्केको भनेर , सायद घामलाइ मेरो रिस मनपर्दैन अनि कुन्नी के ले घोचिदिन्छ मेरो नाक मा अनि तिनपटक जोडको हाछिउ निकालिदिन्छ ,म भित्रका विवादहरु तीन ओटा हाछिउले धोस्त पारिदिन्छन अणुबमले हिरोसिमा र नागासाकी धोस्त पारे जसरी ,अझै हाछिउ रोकिने छटकाट आउन्न तै पनि जबर्जस्ति रोक्छु किनकी लगातार सातचोटी पुग्यो भने त चिलिम फर्किन्छ भन्नेकुरामा नचाही नचाही बिस्वास पसेको छ म भित्रको कुनै आवाजमा , कुन चिलिम फर्किन्छ र कसरी फर्किन्छ था नभएतापनी म रोकिदिन्छु हाछिउ, बेक्कारको रिक्स किन लिनु भनेर...
ध्वस्त भएका आवाजहरुको कारण  म भित्र सुनसान छाउछ अनि मलाइ अल्छिपन महसुस हुन्छ र फेरि म घडी तिर हेर्दै अझै १२ मिनेट बाकी देखेर समयलाइ दोस दिन्छु मेरो अल्छिपनाको किन चल्दैन अलि छिटो भनेर, 
तिन मिनेटको समयमा म कतिधेरै सोच्न भ्याउछु सम्झिदै झन अल्छी महसुस गर्छु अझै कति सोच्नु बित्थाको कुरोहरु भन्दै तेसैबेला अगिदेखि मैले हेरिरहेको बस रोक्ने ठाउमा एउटा बस आइपुग्छ , मेरो बस होइन त्यो अर्थात म चढ्नुपर्ने बस होइन था पाउछु अनि झन अल्छी लागेजस्तो महसुस गर्छु , त्याहि वरपर  अगिदेखी  उभिएका केही मान्छेहरु त्यो वसमा चढ्न थाल्छन मलाइ झन अल्छी वा वास्तव मा भन्दा डाहा लाग्छ उनिहरु चढे म चढ्न पाइन जस्तो सोचेर ..
सिसौको फेदमा पिच्च थुकेर यताउता हेर्न खोज्छु तर केइ पाउदिन हेर्ने अनि फेरि नजर जान्छ त्यही बसतिर , यताउता चट्पटाइरहेका मेरा नजरहरु तेतिखेर टक्क अडिन्छन जब यि आखाका दृश्यमा पर्छन एक बिपरित लिङ्गिए मानव आकृती त्यो बसको चौथो सिटमा जस्लाइ म देखिरहेछु त्यही सिसा बाहिरबाट....
खैरो कपाल मिलाइरहेकी स्कुलमा मास्टरनि ले सिधा भएर बस्नुपर्छ भनि उदाहरण स्वरुप आफू बसेर देखाउदा झै सिधा भएर अडेस नलगाइ बसेकी अनि झ्यालबाट बाहिर ठ्याक्कै म भएतिरै अझ मेरो भित्री मनको कुरो अनुसार मैलाइ नै हेरिरहेकी ..सिसाभित्र उस्का मुहार धमिलो देखिएनी म अनुमान लगाइरहे उस्को सुन्दरताको सिमाहरु, उस्का हात कपालमा चलिरहदा मैले चिसो बतास अनुभव गरे जस्ले त्यो सिसौको छहारिलाइ हराउने घाममाथि बिजय प्राप्ती गर्यो र मलाइ छुट्टै शितलता दियो , म एकोहोरो उसैलाइ हेरिरहे ट्वाल्ल परेर लाटो झै अनि बरबराइरहे उस्को बयानमा मेरा हर भित्री आवाजहरु एउटा पागल झै , हो पागल झै यतिखेर म पागल हुनुमा नि आनन्दित महसुस गरिरहे अनि अचम्म पहिलो पटक मेरा कैयौ भित्री आवाजहरुले एउटै कुरो गरे त्यो एउटै आवाज थियो केवल उस्को तारिफ ,
बसको इन्जिन स्टार्ट हुन्छ र एकोहोरो हराइरहेको म झस्किन्छु अनि अगि छिटो जा भनेको समयलाइ आफ्नै बच्चालाइ पिटेर एकछिनपछी फकाउन खोजे जसरी फकाउन खोज्छु एकैछिन पख न भनेर तर यतिबेला त्यो बच्चा आफ्नो नभै छिमेको चै भएर पख बाउलाइ भन्दिन्छु भन्दै कुदे जसरी कुद्न खोज्छ त्यो समय , म असहाय झै ट्वाल्ल पर्नभन्दा अरु केइ सक्तिन वस एकोहोरो हेरिरहन्छु त्यही झ्यालमा बस गुडेर परको मोडबाट भित्र छिरिसक्दा सम्म पनि .......

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग