Skip to main content

हस OK

यो लेखिसकेपछी मैले उसैलाइ पहिला देखाए जस्को लागि लेखेको थिए अनि उस्को जवाफ थियो यो एकदम रोचक छ पढ्नको लागि तर मैले बुझिन के हो यो
अनि म 😐😐😐😐😐


म:   हेलो सुन्नुस न

उनी: हजुर भन्नुस न

म:  तपाइको घरबाट मिलन चोक पुग्न कतिबेर लाग्छ?

उनी: तेस्तै 15 रुप्पे भाडा

म:   दुरिलाइ पनि पैसामा नापिदाको त्यो जवाफ मनपर्यो [मन्द मुस्कान}

उनी:   धेरै पछि दुरि सोध्न फोन गर्नुभो यो कल मनपर्यो [मन्द मुस्कान]

म:   अनि सुन्नुस

उनी:  हजुर भन्नुस

म:  यदि कसैले 15 रुप्पे खर्चिनुस भोलि साझ भन्देखी के गर्नुहुन्छ?

उनी:  सोध्छु किन खर्चिउ बिनाकारण या बताउनुस केइ भए कारण  भन्छु

म:   कसैले एउटा उपहार पठाएको छ हजुरको लागि भन्दिए भने नि

उनी:   अह खर्च गर्दिन भन्थे

म:   किन?

उनी:   उपहार भन्दा उपहार पठाउने को भेट को आसा छ
आसा नगरेको कुरा नलिएकै जाति

म:   किन सरप्राइज मनपर्दैन र?

उनी:   अह

म:    किन ? दुनिया खुसी हुन्छन सरप्राइज पाउँदा सरप्राइजको आस गर्छन कैले पाइएला एउटा ठूलो सरप्राइज भन्दै पटक पटक सरप्राइजको प्रतीक्षा गर्छन हजुरलाइ तेस्तो हुन्न र?

उनी:   अह फिटिक्कै हुन्न

म:   किन ? दुनिया भन्दा फरक हुनुहुन्छ?

उनी:   होइन झन यो मामिलामा त हुँदै होइन

म:   तर म त यतिखेर बिल्कुल फरक देखिरहेछु हजुरलाइ यो दुनियाभन्दा

उनी:   तपाइले फरक तरिकाले हेर्नुभो सायद । तपाइको हेर्ने तरिका मैले बदल्न सक्तिन

म:   बुझाउन त सक्नुहुन्छ मलाइ तपाईं किन फरक लाग्दै हुनुहुन्छ र तपाईं कसरी दुनिया जस्तै हुनुहुन्छ भनेर

उनी:  सायद प्रयास गर्न सक्छु बुझाउने

म:  गर्नुस न एउटा प्रयास

उनी:  हस

म:   म आतुर छु सुन्न

उनी:   हस

म:   हस मात्र नभन्नुस

उनी:   के भनु?

म:   कारण भन्नुस

उनी:   हस.... सरि फेरि हस नै फुस्किएछ झुक्किएर

म:   अब झुक्किएर पनि नफुस्काउनुस , फुस्किएका कुराहरु तेति मनपर्दा हुन्नन

उनी:   हस .. तर एउटा उट्पट्याङ्ग कुरा भन्छु पहिले
कतिपय कुराहरु झुक्किएर फुस्किदा वायुप्रदुशण हुन्छतर ढुक्क हुनुस यो 'हस' जति फुस्केनी तेस्तो केइ हानी हुन्न

म:   नहसाउनुस अब खुरुखुरु भन्नुस

उनी:  के भनु ? फेरि हस भनु कि?

म:   होइन , मलाइ हजुर दुनिया भन्दा फरक लाग्यो तर हजुर दुनिया जस्तै हुनुहुन्छ यहि कुरा को उल्झन दुर गर्नुस मेरो दिमागबाट

उनि:   हस सुरु गर्छु

म:   छिटो सुरु गर्नुस

उनी:   हस सुरु गरे है त

म:   हस

उनी:   ऐले त हजुरले नि भन्नुभो

म:   मैले के भने

उनी:  हस हा हा हा

म:   अब नहासी सुरु गर्नुस

उनी:   हस [मुस्कान] ल सुन्नुस

म:   अ भन्नुस

उनी:    दुनियाले नि आस गर्छन म नि आस गर्छु
दुनियाले था नभएको कुरो लाई ठूलो ठूलो कुरो पाइयोस भन्दै सरप्राइजको नाउ दिएर आफुले वास्तवमा के चाहेको नबुझि आस गर्छन वस म चाहिँ मेरा झिना आस हरुमा भएका केइ विशेष कुरा पाइयोस भनेर आस गर्छु
दुनिया नसोचेको कुरो पाउँदा खुसी हुन्छन
वस म चै सोचेकै कुरा पाउँदा खुसी हुन्छु
हल्का फरक जस्तो हो तर गर्ने कुरो उहीँ हो 'आस"
तेसबाट मिल्ने नि उहीँ हो 'खुसी" । अनि भइन त म उस्तै? hmm?

म:   हल्का फरक जस्तो तर उस्तै

उनी:  हजुर ठिक भन्नुभो

म:   अब  तपाइले सायद कुनै समय गर्नुभएको झिनो आस को कुरो भोलि पाउनुहुनेछ भन्दिए भने आउनुहुन्छ या १५ रुप्पे खर्चिनुहुन्छ ??

उनी:   सायद

म:   हुन्छ भन्ने बुझुम या हुन्न भन्ने बुझुम

उनी:   हस भन्ने बुझुम (मुस्कान)

[मुस्कान ]




Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग