यो सारा भावहरु केवल भ्रम हो भन्छु
तिमी बाट त्यसैले टाढा हुन खोज्छु
तर तिमि मुस्काइदिन्छौ
अनि म फर्किन बाध्य हुन्छु
तिम्रै छेउछाउ परिरहन खोज्छु
कल्पनाका लहरहरु झुटो हो भन्छु
सपनाका कुराहरु झुटो हो भन्छु
तिमी फर्केर हेरिदिन्छ्यौ
अनि म आफैलाइ भुलाएर
हावाको वेगसङ्ग उडिदिन खोज्छु
एकनास हिडेको बाटो अचानक मोडिदिन खोज्छु
जुनताराको सन्सार भाग्यमा कैलेइ हुन्न
थाहा पाउदापाउदै म रात कुरि बस्छु ....
अक्षरको कहानी झै हुन्न कैलेइ जीवन तर
तिम्रोमेरो कथा लेख्न आफै कलम समाउछु
कुनै जादु हुन्न थाहाछ तर
एक मुस्कानमा मौसम बदलिएको महसुस गर्छु
मनदेखी कुरा हुनसक्छ कैलेइ मैले सोचिन
तर ति आखाका इसारा कताकता बुझिदिन्छु
उल्झनमा नै हुन्छु सधै के गरौ के मानौ
तिम्रो बारे सोच्न थाल्दा सारा दुनिया भुलाउछु
तिम्रो साथको न्यानो सम्झी
जाडोमा नि टोलाउछु
यो सारा भावहरु केवल भ्रम हो भन्छु
तिमी बाट त्यसैले टाढा हुन खोज्छु
तर तिमि मुस्काइदिन्छौ
अनि म फर्किन बाध्य हुन्छु
तिम्रै छेउछाउ परिरहन खोज्छु
तिमी बाट त्यसैले टाढा हुन खोज्छु
तर तिमि मुस्काइदिन्छौ
अनि म फर्किन बाध्य हुन्छु
तिम्रै छेउछाउ परिरहन खोज्छु
कल्पनाका लहरहरु झुटो हो भन्छु
सपनाका कुराहरु झुटो हो भन्छु
तिमी फर्केर हेरिदिन्छ्यौ
अनि म आफैलाइ भुलाएर
हावाको वेगसङ्ग उडिदिन खोज्छु
एकनास हिडेको बाटो अचानक मोडिदिन खोज्छु
जुनताराको सन्सार भाग्यमा कैलेइ हुन्न
थाहा पाउदापाउदै म रात कुरि बस्छु ....
अक्षरको कहानी झै हुन्न कैलेइ जीवन तर
तिम्रोमेरो कथा लेख्न आफै कलम समाउछु
कुनै जादु हुन्न थाहाछ तर
एक मुस्कानमा मौसम बदलिएको महसुस गर्छु
मनदेखी कुरा हुनसक्छ कैलेइ मैले सोचिन
तर ति आखाका इसारा कताकता बुझिदिन्छु
उल्झनमा नै हुन्छु सधै के गरौ के मानौ
तिम्रो बारे सोच्न थाल्दा सारा दुनिया भुलाउछु
तिम्रो साथको न्यानो सम्झी
जाडोमा नि टोलाउछु
यो सारा भावहरु केवल भ्रम हो भन्छु
तिमी बाट त्यसैले टाढा हुन खोज्छु
तर तिमि मुस्काइदिन्छौ
अनि म फर्किन बाध्य हुन्छु
तिम्रै छेउछाउ परिरहन खोज्छु
Comments
Post a Comment