Skip to main content

सरप्राइज

"सरप्राइज "

एउटा छुट्टै उत्साह जनक रमाइलो दिने शब्द । अरुलाइ थाहै नदिइ आकस्मिक खुसी दिनको लागि मानिसहरुले गर्ने क्रियाकलाप , यसको लागि धेरै तरिका अपनाउछन मानिसहरु विशेष गरि युवाहरु, किनकी आफुले अत्यधिक चाहने व्यक्ती चाहे परिवारको होस या परिवार बाहिरको उस्लाइ तेसरी खुसी दिदा आफुलाइ पनि अत्यधिक खुसी मिल्छ तर कैलेकाइ खुसी दिन खोज्दा त्यो भन्दा बढी पीडा दिन पुगियो भने?

केही वर्ष अघि म आफ्नै देशमा हुदा मेरि दिदी बिदेस थिइन । उन्ले आफू केही समयपछी नेपाल फर्कन लागेको बताउथिन तर उन्ले भनेको मितिभन्दा एक महिना अघि नै उनी घरको गेटमा देखा पर्दा हाम्रो परिवारका सबै सरप्राइज्ड भएका थियौ, एकछिन त बिस्वास नै गर्न सकेनौ अनि फेरि यति खुसि भयौ सबैजना आफ्नो घरको प्रीय सदस्य जो केही बर्षपछी आफ्नो सामु देख्न पाएको थियौ , त्यो खुसी आँसु बनेर हरेक को आखाबाट बर्षिएको थियो। तेतिबेला त्याहा भएको म साथसाथै अरु केही सदस्यले पनि त्यो सरप्राइजको मनमनै लोभ गरेको थियो। एकदिन मलाइ नि बिदेस जाने मौका मिल्यो केही बर्ष को लागि। घरबाट हिडेको दिनदेखी घर फर्कने बारेमा मेरो मनमा एउटै कुरो थियो म नि सरप्राइज दिनेछु दिदिले एक महिना पछि आउछु भन्नुभएको थियो तर म त त्यो पनि नभनी जानेछु अनि आकस्मिक उपस्थितिले परिवारलाइ धेरै खुसी दिनेछु,यी कुरा कल्पना गर्दै मेरा मुहार खुसिले भरिन्थे । त्यो दिन कैले आउला पर्खिएर बस्थे । बिदेस बसाइ छोटिदै जादा घर जाने बारे एक्लै प्लान बनाइरहदा एकदिन समाचार आयो TIA PLANE CRASH हेडलाईन राखेर , बङ्गगलादेश बाट नेपाल उडेको विमान त्रिभुवन विमानस्थल मा पुगेर दुर्घटना भयो रे , ४९ जनाको मृत्यु भयो रे २२ जना जति घाइते छन रे ,केही व्यक्ती हराइरहेका छन सनाखत हुन सकेको छैन आदि इत्यादि.... यो समाचारले मुटु छिया छिया बनायो , अनि डर पनि लाग्यो अनि मेरो मनको नकारात्मक पक्ष जागृत हुँदै भन्यो केही गरि सरप्राइज दिने निहुले परिवारलाइ खबर नगरि जादा दुर्घटना भयो र अकस्मात परिवारको सामु मृत शरीर पुग्यो भने या सनाखत नै नभै केइ खबर नै भएन भने के होला, एक्कासी देखापरेको आफ्नाको लास ले कति पीडा देला परिवारलाइ ?? सोचेरै मुटु काप्न थाल्यो र यस्तो कुरामा सरप्राइज दिनु उचित होइन जस्तो लाग्यो र म जस्तै सरप्राइज दिन खोज्ने अरु युवाहरुलाइ नि सचेत गराउन यो व्लग लेख्दैछु ।

जिन्दगी को ठेगान हुन्न कतिखेर के हुन्छ था हुन्न। कोइ आउदैथ्यो दुर्घटना भएछ भन्नू र आको पत्तै नपाइ सिधै दुर्घटनामा परेछ भन्दाको पीडा मा धेरै मात्राको फरक हुन्छ जस्तो लाग्छ । भगवानले नगरोस यस्तो कसैलाइ तर यस्तो नहोला भन्न नि सकिन्न । आकस्मिक कुराले अत्यधिक खुसी दिन्छ भने पीडा पनि अत्यधिक नै दिन्छ । तेसैले आफू कहाँ जादैछु जानकारी दिने गरौ।अत्यधिक खुसी दिने सरप्राइज को नाउमा परिवारले अत्यधिक पीडा पो पाउँछन् कि विचार गरौ  ।
पशुपतिनाथले सबैको कल्याण गरून्।
अन्त्यमा us bangla दुर्घटना का मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अनि घाइतेहरुमा स्वास्थ्य लाभको कामना




Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग