दुरि बढ्यो नभन माया मेरो पनि काम छ
हृदयमा तिमी भन्दा पहिले अर्को नाम छ
ए माया मलाइ माफ गरिदेउ
तिमी भन्दा पैला मेरो देशप्रेम छ।
हसि मजाक ठट्यौली त मिले पछि गर्नु छ
सबै भन्दा ठूलो कुरो देशको लागि मर्नु छ
ए साथी मलाइ माफ गरिदे
त भन्दा माथी आज मेरो देश छ।
देवता पुजनिय हुन्छ पुजा गरि राख्नु छ
सबैभन्दा मुख्य कुरो मन्दिर सुरक्षित पार्नु छ
मेरा बा आमा मलाइ माफ गर्दिनु
मेरो कर्तव्य पैला यो देश प्रती छ ।
Comments
Post a Comment