बिस्तारै बोल भित्ता को नि कान हुन्छ " अचम्म लाग्थ्यो बच्चामा यो सुन्दा । भित्ताको कानमात्र हुन्छ या नाक मुख सबै हुन्छ ? के यो बोल्छ पनि? हुन त नबोल्ने भए कानमात्र भएर अनि सुनेर मात्र के अर्थ? सायद तेस्को मुख पनि हुन्छ अनि त सुनेको कुरो अरुलाइ सुनाउछ कि भन्ने डरले सबैले भनेका "बिस्तारै बोल भित्ताको नि कान हुन्छ" मेरा अपरिपक्व दिमागले सोच्ने कुरा थिए यी ।बालखैमा यस्ता कुराले धेरै अन्योल निम्त्याउथ्यो केही डर पैदा गर्थ्यो अनि धेरैबेर सोच्न बाध्य बनाउथ्यो तर जति सोचे पनि भित्ताको कान हुन्छ या हुन्न भन्ने ठेट निस्कर्ष कैले नि निस्किन्थेन । तेस्तै सोच्दा सोच्दै बिस्तारै तेस्ता कुरा वेवास्ता गर्दै अझ तार्किक कुराहरु तिर ध्यान दिदै कतिखेर बालख बाट लाठे भैएछ पत्तै नहुने रेछ। जवान भएपछी दिमाख तेस्ता निस्कर्ष नै ननिक्लिने कुरा भन्दा उत्पादनमुलक कुरामा खियाउनुपर्छ भनेर देशको हरेक कुनामा दिमाख खियाइसक्दा पनि कुनै उत्पादन भएन बरु दिमागमात्रै पातलियो। पहिले धेरै उत्पादन क्षेत्र देखेको दिमागले जुन जुन ठाउमा हेर्थ्यो त्यो ठाउँ नै खिइएर जान्थ्यो हरेक ठाउबाट उब्जनी हुने आस मरेर जान्थे अनि अन्त्यमा बाकी रहन्थ्यो एउटै क्षेत्र बिदेस। देशमा खिइएका हजारौ उत्पादनमुलक क्षेत्र भन्दा उत्तम क्षेत्र लाग्थ्यो बिदेस। तेसैले होला हरदिन देशमा खिइएर एक पत्रमात्र बाकी भएको दिमाग बोकेर बिदेस जानेहरुको हुल नै हुन्थ्यो। भएभरको दिमागी पत्रहरु देशमै खिइसकेकोले होला बिदेशमा त्यही एकपत्र दिमाग मात्र खियाउदा हुने काम पाइन्थ्यो सधै एउटै काम एकोहोरो गरिरहनुपर्ने न त promotion न demotion न काम मा कुनै हेरफेर नै ।केही दिन को काम गराइपछी त दिमाग नि कुनै यन्त्रमानव झै आफै खुरुखुरु काम गर्न सिपालु हुन्थ्यो । दिनभरिको काम अनि सधैको एकनाशको काम अनि बेलुकी एक्लो रात न कोइ बोल्ने साथी नै हुन्थे। तेस्तो बेलामा बचपन देखिको भित्तालाइ नसुनाउने सिद्धान्त तोडेर कोठाको चारै भित्ताहरुलाइ सम्बोधन गर्दै दुख सुख खुला गोप्य हरेक कुरा गरिन्थ्यो कैलेकाइ त भित्तो ले जवाफ फर्काइहाल्छ कि जस्तो नि लाग्थ्यो तर अह कैलेइ फर्काएन अनि जब कयौ रातको साथपछी त्यो कोठा अनि ती भित्ताहरु छोडेर जाने दिन आयो तब लाग्यो मेरा गोप्य कुराहरु अरुलाइ पो सुनाउला कि यस्ले अनि फेरि सोचे यत्रो दिन म बस्दा म भन्दा अगि यहाँ बस्ने को कुरो पनि त सुनाएन मलाई । तेसदिन यति चै पक्का भयो "बिस्तारै भन भित्ताको कान हुन्छ होइन कि जे भन्नू छ भित्तैलाइ भन यस्ले कसैलाइ भन्दैन" चै भन्नुपर्ने रेछ। तर यहि प्रसङ्ग एक मित्रलाइ सुनाउदा उस्ले भन्यो " त्यो बिदेसको भित्ता भएर तेरो भाषा नबुझेर जवाफ नदिएको होला " भित्ता को भित्ती कुरो जति गर्यो तेति अन्योल ।
रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।
Comments
Post a Comment