नभै नि नहुने र भएपनी नहुने
बुझ्दैछु आजभोली साथी भन्या यस्तै रैछ।।
खोज्दै खोज्दै गयो
दुख पिर सुनायो
हासो मा उडाइदिन्छ
साथी भन्या यस्तै रेछ ।।
हुने कुरो होइन भन्छ
प्रमाण नै जुटाइदिन्छ
उल्झनमा पारिदिन्छ
साथी भन्या यस्तै रेछ ।।
गम्भीर बन्यो ह्या छोड भन्छ
जिस्किए भासण दिन्छ
बौलाहा बनाइदिन्छ
साथी भन्या यस्तै रेछ ।।
पढिस भन्यो छैन भन्छ
रिजल्ट आउदा टपिदिन्छ
जिल्ल नै बनाइदिन्छ
साथी भन्या यस्तै रेछ ।।
तनावमा हासिदिन्छ
हासोस भन्दा चुप बस्दिन्छ
ट्वाल्ल नै पारिदिन्छ
साथि भन्या यस्तै रेछ ।।
समस्यामा साच्चै पर्दा
आमासरि ख्याल गर्छ
लौ यो को हो बनाइदिन्छ
साथि भन्या यस्तै रेछ ।।
भेटिन्जेल सुख छैन
बेइजतै गराइदिन्छ
नभेटे याद आउँछ
साथी भन्या यस्तै रेछ ।।
Comments
Post a Comment