Skip to main content

Story of emotion (पुरानो व्लग)

I don't know why I can't cry but after attending this lecture I can assume the perception of the society is the reason ... (नहुन पनि सक्छ)

युनिभर्सिटीको २०२ नम्बर कोठामा आज पालो थियो बिजनेस साइकोलोजी अन्तर्गतको इमोसन भन्ने बिषय मा लेक्चर सुन्ने, सुन्दै जाने क्रममा प्रोफेसर म्याडम ले चर्चा गरिन्  एकदमै मन छुने कुराको बारेमा
उनि भन्दै थिइन् मान्छेको इमोसनलाइ असर पार्ने प्रमुख मध्यको सबैभन्दा खतरनाक कारण हो लिङ्ग (gender)
यो समाजले इमोसन प्रदर्सन गर्न नि विशेष छुट दिएको छ महिला लाई तर बिचरा पुरुष लाई यो समाजले चाहेको बेलामा रुन सम्म बन्देज गरेको छ जबकी रुनु भनेको आफुलाइ समय दिनु हो र मनका पीडा आँसु मार्फत बगाएर मन हल्का गराउनु हो ,म एउटा महिला भएर नि यति बुझ्न सक्छु कि पुरुषहरुको जिन्दगी कति तड्पनमा बित्नसक्छ भनेर, यस्लाइ उन्ले एउटा किस्सा सङ्ग जोड्दै भन्न थालिन् एकपटक उन्लाइ बिच बाटोमा कसैले नराम्रो व्यवहार गरेछ अनि उन्लाइ रुन मन लागेछ तर कोहि आफ्नो पक्षमा नभएकोले उनी त्याहा रुन सकिनन रे अनि भाग्दै पाच सात मिनेट परको एउटा सार्वजनिक सौचालय भित्र पसेर रोइन अरे , त्यो पाच सात मिनेटको समय उनको लागि जीवन कै सबैभन्दा गार्हो समय भयो रे अनि उन्ले विचार गरेकी रे पाच सात मिनेट ले उन्लाइ त्यति पिडा दिन्छ भने ती केटाहरुलाइ के होला जो समाजले रुन हुन्न भनेकै भरमा एक किसिमको घुटन मनमा लिएर जिन्दगि बिताउन बाध्य हुन्छन, रुनुपर्ने अवस्थामा उनिहरुको साथ कोइ हुन्नन बरु आफ्नो सबैभन्दा नजिकको मानिने आमा वा श्रीमतिले पनि पुरुष भएर नि रुन्छन भनेको सुन्नुपर्छ जुन कुराले पिडाले क्षतविक्षत भएको मन झन झन कमजोर बनाउछ र कतिपय अवस्थामा त जीवन नै त्याग्ने सम्मका कार्य गर्न पुग्छन उनिहरु ,,हाम्रा अधिकांस परिवारमा बाबुहरु   रोएको देखिन्न बरु घण्टौ एकोहोरो टोलाएको देखिन्छ भने आमाहरु किचन भित्र पसेर सुक्कसुक्क गर्छन छोरिहरु कोठा थुनेर भित्रै रोइ बस्छन भने छोराहरु घरबाट टाढा कतै गइ अबेरसम्म हराइरहन्छन , कोहि एकाअर्काको सङ्ग पीडा बाड्न सक्तैन, यस्तो संस्कार ले परिवारको प्रगती भन्दा हरेक सदस्यलाइ अँध्यारो भविस्य तर्फ धकेलिरहेको हुन्छ , त्यसैले पारिवारिक बनावट यस्तो हुनुपर्छ जहाँ छोरा होस या छोरी, बाबू होस या आमा सबैले आफ्नो इमोसन प्रकट गर्न सकोस हरेक कुरा एकाअर्कालाई सुनाउन सकोस र सानो सानो कुराको खिन्नता मनमा जमाउदा जमाउदै त्यो तनावमा परिणत नहोस र तेस्ले जिन्दगी नै बर्बाद नपारोस र यदि परिवारलाइ परिवर्तन गर्न सकिन्न भने कम्तिमा एउटा साथी बनाउनुपर्छ जस्लाइ हरेक कुरा share गर्न सकिन्छ ......
अनि अन्त्यमा उन्ले लामो सास तान्दै भनिन so guys feel free to cry ..........

#say_no_to_frustration

Comments

Popular posts from this blog

प्रेम... केहीबेरको मिलन अनि सुन्दरता

रात र दिनको किन हुन्न बयान जति हुन्छ साझ र बिहानको लाग्दछ मलाइ अधेरि रात र उजेली दिन प्रेमी प्रेमिका हुन भेट्दछन तिनि एकैपल अनि बनाउदछन बयान गर्न लायक क्षण कहिले गोधुलि साझ त कहिले मिर्मिरे बिहानी ।। ती जुन र तारा हुन उपहार दिनले दिएको रातको नाउमा अनि त्यो घना बादल मायाको चिनो रातले दिएको दिनको नाउमा धेरै पल एक्लो अनि केही पल सङ्गै भएतापनी भएको पललाइ यादगार बनाउन कोहि रात र दिनबाट सिकोस त्यो मनोरम साझबाट सिकोस त्यो सुन्दर बिहानी बाट सिकोस आखीर सिकाइ नै जिन्दगी प्रेम नै जिन्दगिको मिठो रस र प्रेम सहितको जिन्दगी नै सुन्दर हुने न हो ।।

Facebook post

Before this vlog I used to be an active member on different facebook groups These are some selected post ... Check this out... मिती परिवर्तन हुन लागेको रातको समय,बाहिरको भारी बर्सात अनि अलिकति मात्र खुलेको झ्यालबाट भित्र प्रवेस गरिरहेको चिसो बतास... यो समयमा ज्युँदो लास पार्ने निद्राको कुनै लोभ छैन मलाइ बरू आनन्दित महसुस गर्दैछु यति थोरै झण त्यो पनि एक्लै सहि जिन्दगीमा धेरैपछि म बाँचिरहेछु, म हाँसिरहेछु..... जब तेस कार्यलयको रिसेप्सनिस्टले मेरो नाम लिदै हजुर एकछिन wait गर्नुस् न है भनि , लाग्यो इन्द्रलोकबाट कुनै अप्सरा मेरो छेउ झरिन र मेरो नामको अगाडी १०८ श्रि लगाउँदै मलाइ त्यस कुर्सीमा एकछिन कुर्न भन्दैछे ...एकछिन त के म सारा जुनी त्यही कुर्सीमै बिताइदिउँझै लागिसक्याथ्यो.... मनपरेको मान्छेलाइ देख्दा जब तिम्रा आँखासँगै तन मन सबै टोलाउँछ तेतिखेरको शुन्यतामा हुन्छ प्रेम जहाँ पाउने र गुमाउने सम्बन्धी कुनै इच्छा आकाङ्छा हुँदैन न कुनै स्वार्थ नै हुन्छ र त्यो शुन्यतामा जिउन सक्नेलाइ भनिन्छ असलि प्रेमी..... #प्रेमवाणी अब त झ्याउँकिरि कराउन नि छोड्यो र जुनकिरीले पनि अगिनै

परिभाषा

खासै त केइ होइन तैपनी सबै हो कारण नभै नभै मनसङ्ग सम्बन्धित भो खुसिमा खुसी अनि दुखमा दुखी भो आसा नि केइ भएन वस वर्तमान झै भविस्य होस भो स्वार्थ रहेन पाउनुको न व्यथा गुमाउनुको भो साथमा जति आनन्दित भैयो यादमा नि मन उत्तिकै रमायो न मिलनको प्रतीक्षा न दुरिको तनाव वस सम्झनामा दिल हरायो मेरो लागि  प्रेम यहि हो मायाको तिम्रो परिभाषा के हो? # #ह्यासट्याग