छोडी कहाँ जान्छु र म तिमी भन्दा पर भागी
मरेर नि फर्की आउँछु जस्तो लाग्छ तिम्रो लागि
तिमी उ त्यो आकास बन
अनि मलाइ बादल भन
चट्याङ्गै परेनी ,भुइमै झरेनी
फर्की म आउनेछु युगौ लागेनी
मात्र तिमी पर्खी बस
कहिल्यै नमारि आस
मिलन होला पलभरको भाग्यमा हाम्रो लागि
सबै खुसी दिन्छु तिम्लाइ केही नराखी बाकी
तिमी उ त्यो साँझ बन
अनि मलाइ घाम भन
अँधेरै छाएनी , सुनसानै भएनी
फर्की म आउनेछु युगौ लागेनी
मात्र तिमी पर्खी बस
कहिल्यै नमारी आस
Comments
Post a Comment